विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको लगनखेल वितरण केन्द्रअन्तर्गत ललितपुरका ९ स्थानमा विद्युत् अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण विद्युत् लाइनहरुमा क्षति हुँदा यी स्थानमा विद्युत् अवरुद्ध भएको केन्द्रका प्रमुख विजय महतोले जानकारी दिए । हाल ती स्थानमा समस्या यकिन गरी लाइन सुचारु गर्ने प्रयास भइरहेको तथा कतिपय स्थानमा पहुँच मार्ग अर्थात् मोटरबाटो नै बगाएकोले लाइन सुचारु गर्न समस्या भइरहेको उनको भनाइ छ । 

लाइन अवरुद्ध भएका स्थानहरू र तीनको अवस्था 

  • महालक्ष्मी नगरपालिका–१० लाकुरी भञ्ज्याङमा करिब १० थान पोल ढली क्षति भएको तथा बाटो अवरुद्ध भएका कारण विद्युत् सुचारु हुने नसकेको अवस्था छ । बाटो खुले २ दिनभित्र विद्युत् सुचारु हुने छ । 
  • गोदावरी नगरपालिका–३ फूलचोकी जाने मोटरबाटो अवरुद्ध रहेको र बाटो खुलेपछि ३ दिनभित्र सुचारु हुने छ । 
  • गोदावरी नगरपालिकाकै भट्टेडाँडा राडार नजिक क्षतिको विवरण यकिन हुन सकेको छैन । आजको दिनभित्रै विद्युत् सूचारु हुने सक्ने 
  • ललितपुर–१४ कान्तिपुर कोलोनी, लोहाचोक, कुसुन्ती लगायत केही क्षेत्रमा आजै विद्युत् सूचारु हुने 
  • किस्ट मेडिकल कलेज पछाडि करिब २० घरमा आज लाइन सुचारु हुने सक्ने 
  • लिटिल एन्जल्स स्कुलपछाडि करिब ६० घरमा आज सुचारु हुन सक्ने 
  • भेल्पा जग्गा एकीकरण आयोजनामा रहेका करिब ५० घरमा आज सुचारु हुन सक्ने
  • ललितपुर–२३ आईजे पायोनियर नजिक करिब ३० घरमा आज सुचारु हुन सक्ने 
  • गोदावरी लेलेतिर क्षतिको विवरण यकिन भएको ठाउँमा आज सुचारु हुने 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३