विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कास्कीको सेती खोला बेसिन जलविद्युत उत्पादनको हब बन्दै गएको छ । यो बेसिनमा निजी क्षेत्रको लगानीमा १५६ मेगावाटका जलविद्युत आयोजना अघि बढेका छन् ।

निजी लगानीका ९ जलविद्युत आयोजना अहिले निर्माणको विभिन्न चरणमा छन् । विद्युत विकास विभागले अनुमतिपत्र दिएका २ जलविद्युत आयोजना निर्माण सम्पन्न भई विद्युत उत्पादन गरिरहेका छन् । 

७९ मेगावाटका ३ जलविद्युत आयोजना अहिले निर्माणाधीन छन् । २० मेगावाटको माथिल्लो सेतीले अध्ययन पुरा भई निर्माण अनुमति पर्खिरहेको छ । ५७ मेगावाटका ३ आयोजनाका ३ जलविद्युत आयोजना अहिले अध्ययनको चरणमा रहेको विभागले जनाएको छ ।

२५ मेगावाटको सेती नदी, ३२ मेगावाटको करुवा सेती र २२ मेगावाटको सेती खोला विद्युत उत्पादन अनुमतिपत्र लिई निर्माणमा गइसकेका छन् । जसमध्ये सेती नदीको ४० प्रतिशत बढी निर्माण पूरा भइसकेको छ । यो आयोजना भिजन लुम्बिनी ऊर्जा कम्पनीले निर्माण गरिरहेको हो ।

आयोजनाबाट २०७९ साल भदौदेखि विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ । तर, कोरोना महामारीका कारण आयोजनाको प्रगति सुस्त रहेका कारण विद्युत उत्पादन तालिका १ वर्ष धकेलिने भएको छ । अब आयोजनाले २०८० साल भदौदेखि विद्युत उत्पादन सुरु गर्ने नयाँ तालिका पाएको आयोजना प्रमुख लेखनाथ पाण्डेले बताए ।

आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत लाहाचोक सबस्टेसनमा जोडिनेछ । २२ मेगावाटको सेती खोला पनि निर्माणाधीन छ । यो आयोजना सेती खोला हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको हो ।

यो आयोजना निर्माण गर्न कम्पनीले २०७७ पुस २ गते उत्पादन अनुमति पाएको थियो । आयोजनामा कुमारी बैंकको अगुवाईमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले  ३ अर्ब २५ करोड रुपैयाँ ऋण लगानी गरेका छन् ।

३२ मेगावाटको करुवा सेती झ्यामोलोङमा हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निर्माण अनुमतिपत्र लिई काम सुरु गरिसकेको छ । कम्पनीले २०७७ असार १५ गते उत्पादन अनुमतिपत्र पाएको थियो । यो आयोजनामा औद्योगिक घराना केसी समूहको लगानी छ ।

२० मेगावाटको माथिल्लो सेती आयोजना सकिएको छ । यो आयोजनाको प्रवद्र्धक सेती हाइड्रो पावर कम्पनीले आयोजना निर्माण गर्न उत्पादन अनुमतिपत्रका लागि विभागमा आवेदन दिएको छ । प्रवद्र्धक कम्पनीले २०७८ असार ६ गते उत्पादन अनुमतिपत्रका लागि विभागमा आवेदन दिएको हो ।

५७ मेगावाटका ३ जलविद्युत आयोजना भने अहिले अध्ययनको चरणमा छन् । २४ मेगावाटको सुपर सेती, १३ मेगावाटको माथिल्लो सेती–१ र २० मेगावाटको सुपरिम सेती अध्ययनको चरणमा रहेका आयोजना हुन् । 

सुपर सेती आयोजना एसएन इनर्जीले अध्ययन गरिरहेको छ । कम्पनीले २०७४ पुस ३० गते अध्ययन अनुमतिपत्र पाएको थियो । सुपरिम मिडल सेती अध्ययन गर्न केसी होटल एण्ड मल्टिपल इन्ड्रस्ट्रिजले अनुमतिपत्र पाएको छ । कम्पनीले २०७५ कात्तिकमा अनुमति पाएको विभागले जनाएको छ । 

माथिल्लो सेती–१ श्रेष्ठ इनर्जी सोलुसनले २०७४ जेठ १० गते अनुमति लिई अध्ययन गरिरहेको छ । यही खोलामा १.७८ मेगावाटको २ जलविद्युत आयोजनाले विद्युत उत्पादन गरिरहेका छन् । १ मेगावाटको फेवा खोला र ०.७८ मेगावाटको सेती–२ ले विद्युत उत्पादन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit