विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ५, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुपरमाई हाइड्रो पावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृती लिएर वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि प्राथमिक सेयर निष्कासन गरेको छ । कम्पनीले आज (मंसिर २१ गते) देखि सेयर निष्कासन गरेको हो ।

कम्पनीको जारी पुँजीकाे २० प्रतिशत सेयर निष्कासन गर्ने भएको हो । जसमध्य १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सेयरमध्ये इलाम जिल्लाका स्थानियका लागि छुट्याइएको छ ।

उक्त सेयरमध्ये आयोजना अति प्रभावित क्षेत्रका स्थानियका लागि ४० प्रतिशतले हुन आउने २ लाख कित्ता, अति प्रभावित क्षेत्रमा इलाम नगरपालिका ५, २, माइ जोगमाई गाउँपालिका ५ का स्थानीयका लागि छुट्याएको कम्पनीले जनाएको छ ।

आयोजना अति प्रभावित क्षेत्र बाहेक इलाम जिल्लाका अन्य क्षेत्रमा वसोबास गर्ने वासिन्दाहरूका लागि कम्पनीले ६० प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर छुट्याएको छ ।
कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ५ लाख कित्ता सेयर १० प्रतिशतले हुन आउने ५० हजार कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिइ विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि छुट्याइएको छ ।

इच्छुक स्थानीयले पुस ६ गतेसम्म र ढिलोमा भने पुस २१ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा गएकाले भने पुस ६ गतेसम्म मात्र आवेदन दिन सक्ने कम्पनीले जानएको छ ।

कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटललाई तोकेको छ । कम्पनीको इलाममा ७.८ मेगावाटको सुपर माई जलविद्युत केन्द्र सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit