विद्युत अपडेट

  • प्राधिकरण : ४१६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२८१५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५३८० मे.वा.घन्टा
  • आयात : २२६० मे.वा.घन्टा
  • निर्यात : १८६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : १३० मे.वा.घन्टा
  • ऊर्जा माग : ५४७५० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २५१० मे.वा.
२०८३ असोज १३, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आगामी सुख्खायाममा विद्युत् आपूर्ति सहज बनाउन भारतबाट अधिकतम १ हजार १५४ मेगावाटसम्म विद्युत् आयात गर्ने तयारी गरेको छ । आगामी पुस १७ देखि जेठ १७ गतेसम्म सुख्खायामको अवधिमा नदीमा पानीको बहाव घटेसँगै स्वदेशी उत्पादन कम हुने भएकाले भारतबाट विद्युत् आयात गर्ने तयारी गरिएको हो ।

प्राधिकरणका अनुसार आगामी पुसको सुरुवाती दिनसम्म निर्माणाधीन आयोजनाबाट ३२०.६० मेगावाट विद्युत् प्रणालीमा थपिएसँगै नेपालको कुल जडित विद्युत् उत्पादन क्षमता करिब ४ हजार ६० मेगावाट पुग्ने अनुमान छ । तर, सुख्खायाममा नदीमा पानीको बहाव घट्दा उपलब्ध स्वदेशी उत्पादन भने करिब १ हजार २१८ मेगावाटमा सीमित हुने प्रक्षेपण गरिएको छ ।

सुख्खायाममा मुलुकको औसत उच्चतम विद्युत् माग २ हजार २९२ मेगावाट पुग्ने प्राधिकरणको अनुमान छ । यसअनुसार स्वदेशी उत्पादनले मात्रै माग धान्न नसक्ने भएकाले करिब १ हजार १५४.८० मेगावाट विद्युत् अपुग हुने देखिएको छ ।

उक्त विद्युत् अपुग पूर्ति गर्न प्राधिकरणले भारतबाट विभिन्न प्रसारण लाइन तथा द्विपक्षीय सम्झौतामार्फत विद्युत् आयात गर्ने योजना बनाएको छ । जसअनुसार ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट ६००.८० मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहार र उत्तर प्रदेशसँग जोडिएका विभिन्न प्रसारण लाइनमार्फत ३५० मेगावाट तथा द्विपक्षीय व्यवस्थामार्फत थप १५० मेगावाट विद्युत् आयात गर्ने योजना छ ।

स्वदेशी उत्पादन र भारतबाट हुने आयात जोड्दा सुख्खायाममा करिब २ हजार ३७२.७७ मेगावाट विद्युत् उपलब्ध हुने प्राधिकरणको अनुमान छ । यसबाट सुख्खायाममा प्रक्षेपण गरिएको राष्ट्रिय विद्युत् माग व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ ।

हाल भारतले ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट ६००.८० मेगावाटसम्म विद्युत् आयात गर्न स्वीकृति दिएको छ । उक्त स्वीकृति डिसेम्बर अन्त्यसम्म सोलार आवरमा मात्रै लागू हुने भएकाले सुख्खायामभर विद्युत् आपूर्ति कायम राख्न प्राधिकरणले स्वीकृति थप अवधिका लागि विस्तार गर्न भारतसँग अनुरोध गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३