काडमाडौं । बरुण हाइड्रो पावर कम्पनीले आगामी भदौ ६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले संस्थापक तथा आफ्ना सेयरधनी सदस्यलाई हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
सय रुपैयाँ अंकित २६ करोड ७९ लाख ७ हजार ५ सय रूपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेयरधनीका लागि १ सेयर बराबर १ः१ को अनुपातका सेयर निष्कासन गर्न लागिएको हो ।
लगानीकर्ताले आगामी भदौ २६ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।कम्पनीको ४.४४५ मेगावाटको हेवा खोला सञ्चालनमा छ । हेवा खोलाले २०६८ साउन २१ गतेदेखि नियमित विद्युत उत्पादन गरिहरको छ ।