काठमाडौं । सिक्लेस हाइड्रो पावर कम्पनी लिमिटेडको सेयर बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधरणका लागि भदौ २९ गेतेदेखि असोज २ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको सेयर बाँडफाँड भएको हो ।
कम्पनीले सय रुपैयाँ अंकित ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीका अनुसार ५ प्रतिशत हुन आउन अर्थात ५७ हजार ५ सय कित्ता सेयर सामुहिक लगानी कोषको लागि र ३ प्रतिशत हुन आउने अर्थात ३४ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याएको छ । बाँकी, १० हजका ५८ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
कम्पनीको सेयर १ लाख ५ हजार ८ सय जनाले १० कित्ताका दरले सेयर पाएको बिक्री प्रबन्धक बिओके क्यापिटलले जनाएको छ । कम्पनीको निर्माण सम्पन्न १३ मेगावाटको मद्क्यु जलविद्युत आयोजनाले २०७४ चैत ११ गतेदेखि नियमित विद्युत उत्पादन गरिरहेको छ ।