विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ असोज २०, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । नदीमा ठूलो बाढी आएका कारण बन्द भएको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलजलविद्युत्‌गृह २० घन्टापछि पुनः सञ्चालनमा आएको छ । राती १.३० बजेदेखि बन्द गरेको आयोजनाको प्लान्ट नदीमा बाढी घटेसँगै शनिबार साँझ ८ बजेदेखि पूर्ण क्षमतामा सञ्चालनमा आएको हो ।

बन्द गरिएको विद्युत्‌गृह साँझ ५.५० बजेबाट पहिलो युनिट सञ्चालन गरी ८ बजेसम्म सबै युनिट चलाइएको जलविद्युत् केन्द्र प्रमुख पूर्णगोपाल रञ्जितले जानकारी दिए । हिजो आयोजनाको बाँध क्षेत्रमा २८५ घनमिटरसम्म पानी मापन भएको थियो । २५० घनमिटरभन्दा बढी भएमा खतराको सङ्केतको रूपमा लिने गरिन्छ । शुक्रबार साँझदेखि अविरल वर्षाका कारण नदीमा ठूलो बाढी आएपछि विद्युत्‌गृह नै बन्द गरिएको छ ।

बाढी अत्याधिक आउँदा माथिल्लो तामाकोसीको बाँधका सबै ढोका खोलिएका थिए । यस्तो बेला आयोजनाको विद्युत्‌गृह सञ्चालन गर्दा पानीमा बालुवाको मात्रा बढी हुने र टर्बाइनमा क्षति पुग्ने देखिएकोले विद्युत्‌गृह बन्द गरिएको थियो । नदीमा जलस्तर २५० घनमिटरभन्दा कम भएपछि विद्युत् उत्पादन सुचारु गरियो ।

तामाकोसी नदीको सहायक नदी लप्ची र जुम खोलाका कुनै ठाउँमा पहिरोका कारण खोला थुनिएर ताल बनेको र त्यो फुटेर एक्कासी ठूलो बाढी आएको आकलन पनि गरिएको छ । लामाबगरदेखि लप्ची जाने सडक निर्माणका क्रममा निस्किएका ढुङ्गा, माटो खोलामा झरेको छ । त्यसले पनि नदी थुनिने र खुल्ने क्रम हुँदै आएको छ ।

माथिबाट आएको बाढीले ल्याएका गेग्रानले पनि माथिल्लो तामाकोसीको बाँध भरिदै आएको छ । एक महिनाअघि पनि बाँधभन्दा ३ किलोमिटर माथि पहिरोले नदी ४ घन्टा थुनिएको थियो । त्यस्तै, जुम खोलाभन्दा केही माथि तिब्बतीयन भूगोलमा रोङसी खोलामा पहिरोले ३ दिन नदी थुनिँदा पनि ३ वर्षअघि बाढी आएको थियो ।

तामाकोसीमा बाढी आएका कारण गोंगरदेखि तल्लो तटीय क्षेत्रमा नदीले कटान पनि गरिरहेको छ । नदीले माथिल्लो तामाकोसीको टेलरेस क्षेत्रमा पनि कटान गरेको छ । सिस्नेरीमा नदीले कटान गर्दा विद्युत्का पोल ढलेका कारण उत्तरी क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको थियो ।

नदीले कटान गर्दा तामाकोसी पाँचौं जलविद्युत् आयोजनाको मजदुर बस्ने शिविरसमेत जोखिममा परेको छ । माथिल्लो तामाकोसीको टेलरेस सुरुङबाटै तामाकोसी पाँचौंको मुख्य सुरुङको संरचना बनेकोमा त्यसलाई पनि क्षति पु¥याएको आशंका गरिएको छ ।

रोल्वालिङ खोलाले पदमार्गका ३ होटेल बगायो

अविरल बर्सात्का कारण गौरीशंकर गाउँपालिका वडा–९ रोल्वालिङ खोलामा बाढी आउँदा रोल्वालिङ पदमार्ग डोङाङ भन्ने ठाउँका ३ होटल बगाउँदा एक जना बेपत्ता छन् । बेपत्ता हुनेमा ६४ वर्षिय जाङमु शेर्पा रहेको गौरीशंकर गाउँपालिका वडा–९ का वडाध्यक्ष निमागेली शेर्पाले जानकारी दिए । रोल्वालिङ पदमार्गमा पर्ने डोङाङमा खोला फर्किएर होटलसहित मान्छे समेत बगाएको थियो । निरन्तर बर्सात् र गाउँदेखि टाढा भएकाले खोजी कार्य पनि कठिन भएको उनले बताए ।

अन्यत्र पनि समस्या

बाढीका कारण शनिबार बिहानदेखि एक दर्जन बढी आयोजना नचल्दा १ हजार मेगावाट बिजुली उत्पादन प्रभावित भयो । ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए, १० मेगावाटको सुनकोसी आयोजना बन्द रहेको विद्युत् प्राधिकरणले जनाएको छ ।

यस्तै, ३६ मेगावाटको बलेफी, २० मेगावाटको तल्लो मोदी, १८ मेगावाटको मध्य–मोदी, ४० मेगावाटको अपर चमेलिया गरी निजी क्षेत्रबाट १ सय १४ मेगावाट बिजुली आपूर्ति बन्द भएको थियो । नदीमा बाढी घटेसँगै जलविद्युत्‌गृह सुचारु भएको जनाइएको छ । बाढीका कारण बिजुली उत्पादन घटेपछि भारतमा हुने निर्यातसमेत घटेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३