विद्युत अपडेट

  • प्राधिकरण : ४४८४ मे.वा.घन्टा
  • सहायक कम्पनी : २३३९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४६९ मे.वा.घन्टा
  • आयात : १०२५० मे.वा.घन्टा
  • निर्यात : ०० मे.वा.घन्टा
  • ट्रिपिङ : ११०० मे.वा.घन्टा
  • ऊर्जा माग : २७६४२ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १६१९ मे.वा.
२०७९ चैत ७, मङ्गलबार
×
जलविद्युत सोलार ई-पेपर वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ऊर्जा दक्षता

काठमाडौं । १३२ केभी गर्जाङ–खिम्ती प्रसारण लाइनको ७५ प्रतिशत निर्माण पूरा भएको छ । २०७३ फागुनदेखि निर्माण सुरु भएकाे प्रसारण लाइनकाे करिब साढे ४ वर्षमा यति प्रगति भएको हो ।

प्रसारण लाइनको १ सय ५ मध्ये १ सय ४ वटा टावरको जग खनेर सकिएको छ । दोलखाको शहरे भन्ने स्थानमा स्थानीय विवादले एउटा टावरको जग खन्ने कार्य भने प्रभावित हुन पुगेको आयोजना प्रमुख प्रनिल पराजुलीले बताए । 

‘स्थानीयले लेनदेनको विवाद झिकेर एउटा टावरको जग खन्न दिएका छैनन्,’ उनले ऊर्जा खबरसँग भने, ‘स्थानीय नियकासँग समन्वय गरेर जाने प्रयास भइरहँदा पनि समस्याको समाधान हुन सकेको छैन ।’ उनले प्रसारण लाइनको बाँकी रुटमा भने कुनै समस्या नरहेको बताए ।

अहिलेसम्म प्रसारण लाइनका ९० वटा टावर खडा भइसकेको पनि उनले बताए । टावर खडा गरिएको क्षेत्रमा तार तान्ने काम सुरू गर्ने तयारी भइरहेको छ । यसअघि नै तार तान्न सुरु गर्ने भनिए पनि कोराना (कोभिड–१९) महामारीका कारण भारतीय प्राविधिक आयोजना स्थलसम्म आउन नसक्दा ढिलाइ हुन पुगेको पराजुलीले जानकारी दिए ।

प्रसारण लाइनको धेरै काम पूरा भइसकेकाले निर्माण तीव्र पार्न सकेमा ४ महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने उनको दाबी छ । तर, कोरोना (कोभिड–१९) महामारीको प्रभाव प्रसारण लाइन निर्माणमा पनि परिरहेकाले लक्ष्य पूरा हुने सम्भावना न्युन देखिन्छ ।

सबस्टेसनको डिजाइन परिवर्तन, अघिल्लो वर्षको लकडाउन तथा निशेधाज्ञा, स्थानीय अवरोधलगायत कारणले प्रसारण लाइनको निर्माण पटक–पटक प्रभावित भयो । प्राधिकरणले प्रसारण लाइन अन्तर्गत रामेछापको गोकुलगंगा गाउँपालिकाको चुचुरेमा निर्माण हुने १३२ केभी सबस्टेसनको डिजाइन परिवर्तन गर्दा निर्माणमा भएको ढिलाइले प्रसारण लाइन धकेलिँदै गएको छ ।

गत वर्षको लकडाउन तथा निशेधाज्ञाले पनि प्रसारण लाइन निर्माणको काम ६ महिनासम्म पूर्णरूपमा ठप्प हुन पुगेको थियो । यो वर्ष गत बैशाख १६ गतेदेखिको निशेधाज्ञाले पनि आयोजनाको निर्माणमा आंशिक प्रभाव परिरहेको छ ।

भारतबाट कामदार आउन नपाउँदा तार तान्ने कामको सुरुवात गर्न सकिएको छैन । प्रसारण लाइनका लागि आवश्यक निर्माण सामाग्री ढुवानीमा पनि समस्या भइरहेको पराजुलीले बताए । 

यो प्रसारण लाइन निर्माणमा भइरहेको ढिलाइले १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको माथिल्लो खिम्ती जलविद्युत आयोजनाको विद्युत खेर गइरहेको छ । निर्माण पूरा भइसकेका यी आयोजना प्रसारण प्रणालीमा जोडिन प्रसारण लाइन पूरा हुने मिति कुरेर बसेका छन् ।

काेराेना माहामारीकाे मारले प्रसारण लाइनकाे कामले गति लिन नसक्दा यी २  आयोजनाकाे विद्युत उत्पादन अनिश्चत बन्न पुगेकाे छ । यो प्रसारण लाइन पूरा हुँदा रामेछापमा उत्पादन हुने १ सय मेगावाटका आयोजनाको विद्युत प्रवाह हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2023 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit