विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
गोदक–अनारमनी १३२ केभी प्रसारण लाइन आयोजना

काठमाडौँ । झापाको बाह्रदशी गाउँपालिकामा ‘गोदक–अनारमनी १३२ केभी प्रसारण लाइन आयोजना’ अन्तर्गत नयाँ सबस्टेसन निर्माण गर्न जग्गा अधिग्रहणको कार्य अगाडि बढाइएको छ । नेपाल विद्युत् प्राधिकरणको लगानीमा निर्माण हुन लागेको सबस्टेसनका लागि उक्त गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने २२ जना स्थानीयको स्वामित्वमा रहेको जग्गा स्थायी रूपमा अधिग्रहण गरिने भएको हो ।

यसका लागि जिल्ला प्रशासन कार्यालय झापाले मंगलबार एक सूचना प्रकाशित गरी  जग्गा प्राप्ति ऐन, २०३४ अनुसार कित्ता नम्बर १३५ देखि १४७ सम्मका जग्गाहरू अधिग्रहण गरिने जनाएको छ । सूचना अनुसार सम्बन्धित जग्गाधनी वा सरोकारवाला व्यक्तिहरूले सूचना प्रथम पटक प्रकाशित भएको मिति (२०८२ चैत २४ गते) ले १५ दिनभित्र मुआब्जा दाबी गर्दै जिल्ला प्रशासन कार्यालयमा झापामा निवेदन दिनुपर्नेछ ।

निवेदनका साथमा आफ्नो हकभोग वा स्वामित्व खुल्ने आवश्यक प्रमाणहरू समेत पेस गर्नुपर्ने छ । तोकिएको समय सीमाभित्र निवेदन नदिए कानुन बमोजिम प्रक्रिया अगाडि बढ्ने र पछि कुनै पनि प्रकारको उजुरबाजुर मान्य नहुने प्रशासन कार्यालयले स्पष्ट पारेका छ ।

उक्त सबस्टेसनमार्फत पूर्वी नेपालमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य राखेको छ । आयोजनाको निर्माणपछि स्थानीय र राष्ट्रिय स्तरमै विद्युत् वितरण प्रणालीमा सुधार ल्याउने अपेक्षा गरिएको छ । साथै, यस परियोजनाले भारत र बंगलादेशसँगको अन्तरदेशीय विद्युत् व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३