विद्युत अपडेट

  • प्राधिकरण : ५२४८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५९१० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६८३८ मे.वा.घन्टा
  • आयात : ८९७७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७०९३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०८३ मे.वा.
२०८२ चैत ८, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपिजिसिएल) ले ताप्लेजुङस्थित ढुङ्‌गेसाँघु सबस्टेसनमा १३२ केभीको ‘बे’ सहितका संरचना विस्तारका लागि बोलपत्र आह्वान गरेको छ । मेवा–चाङ्‌गे १३२ केभी प्रसारण लाइनलाई उक्त सबस्टेसनमा जोड्न आवश्यक संरचना निर्माण गरिने भएको हो ।

कम्पनीअन्तर्गत सञ्चालित उक्त प्रसारण लाइन आयोजनाले संरचनाको डिजाइन, उपकरणलगायत सामानको आपूर्ति, जडान, परीक्षण तथा सञ्चालनका लागि राष्ट्रियस्तरको बोलपत्र आह्वान गरेको छ । यस कार्यका लागि इच्छुक तथा योग्य राष्ट्रियस्तरका कम्पनीले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

बोलपत्रमा सहभागी हुन कम्पनीले पछिल्लो १० वर्षमध्ये उत्कृष्ट ३ वर्षको औसत वार्षिक निर्माण कारोबार रकम न्यूनतम १८ करोड रुपैयाँ हुनुपर्ने योग्यताको मापदण्ड राखिएको छ । साथै, निर्माण व्यवसायीसँग कम्तीमा १० करोड ८० लाख रुपैयाँ बराबरको एउटा समान प्रकृतिको आयोजना सफलतापूर्वक सम्पन्न गरेको अनुभव हुनुपर्ने उल्लेख छ ।

कम्पनीको सूचना अनुसार इच्छुक बोलपत्रदाताले १० हजार रुपैयाँ दस्तुर तिरी बोलपत्र कागजात खरिद गर्न सक्नेछन् । विद्युतीय माध्यमबाट बोलपत्र पेस गर्नेले सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–जिपी प्रणालीमार्फत आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

आयोजनाले आगामी २०८२ चैत १९ गते दिउँसो १२ बजे पूर्व–बोलपत्र बैठक बस्ने तय गरेको छ । बोलपत्र पेस गर्ने अन्तिम समय २०८३ वैशाख ४ गते दिउँसो १२ बजेसम्म तोकिएको छ भने सोही दिन दिउँसो २ बजे बोलपत्र खोलिनेछ । यसका लागि ४६ लाख रुपैयाँ धरौटी आवश्यक पर्ने कम्पनीले जनाएको छ ।

मेवा–चाङ्‌गे प्रसारण लाइन आयोजना मेवा खोला र त्यस आसपासका क्षेत्रमा उत्पादन हुने जलविद्युत्‌लाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न महत्त्वपूर्ण मानिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३