विद्युत अपडेट

  • प्राधिकरण : ८४७२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३५६१ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६२७९ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २२४३६ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६८३१२ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९६१ मे.वा.
२०८३ कार्तिक ११, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पाँच जिल्लामा विद्युत् प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण, नयाँ लाइन निर्माण, ट्रान्सफर्मर जडान गर्ने भएको छ । साथै आवश्यक सामग्री आपूर्तिसमेत गर्नका लागि मंगलबार बोलपत्र आह्वान गरेको छ । प्राधिकरणअन्तर्गतका ग्रिड तथा वितरण कार्यालयहरूले धनुषा, रुपन्देही, महोत्तरी, मोरङ र सुनसरीमा विभिन्न निर्माण तथा आपूर्तिसम्बन्धी काम अघि बढाउन बोलपत्र आह्वान गरेका हुन् ।

प्राधिकरणको धनुषास्थित ढल्केबर ग्रिड डिभिजनले लहान सबस्टेसनमा १३३/३३ केभी स्विचयार्डको पिसिसी (प्लेन सिमेन्ट कंक्रिट) निर्माण कार्यका लागि बोलपत्र आह्वान गरेको छ । उक्त कार्यका लागि डीजीडी–२०८३/०८४–०६ नम्बरको बोलपत्र जारी गरिएको छ ।

त्यस्तै, रुपन्देहीको भैरहवा वितरण केन्द्रले दुईवटा छुट्टाछुट्टै कामका लागि बोलपत्र आह्वान गरेको छ । केन्द्रले बेतरी तौलिहवा सडक (लेबर क्याम्प) क्षेत्रमा १२, १४, ८४ र ३४ नम्बरका लटअन्तर्गत ३३ केभी लाइनको तार तान्ने तथा जडान गर्ने (ट्विन कन्डक्टर स्ट्रिङिङ), भूमिनी फिडरको तार तान्ने तथा जडान गर्ने र ३३ केभी लाइन निर्माणसम्बन्धी कामका लागि बोलपत्र माग गरेको हो । यसका लागि एनइए/बिडब्लूएच/२०८३/८४–एसक्यू–०४आरई नम्बरको बोलपत्र जारी गरिएको छ ।

भैरहवा वितरण केन्द्रले ट्रान्सफर्मरका लागि आवश्यक तामाको तार खरिद तथा आपूर्तिका लागि समेत छुट्टै बोलपत्र आह्वान गरेको छ । उक्त कार्यका लागि एनइए/बिडब्लूएच/२०८३/८४–एसक्यू–०५आरई नम्बरको बोलपत्र जारी गरिएको छ ।

यसैगरी, महोत्तरीको जलेश्वर वितरण केन्द्रले १२, १४, ८४ र ३४ नम्बरका लटअन्तर्गत जिगज्याग पावर ग्रिपको आपूर्ति तथा जडानका लागि बोलपत्र आह्वान गरेको छ । यसका लागि एनईए/जेएलडीसी/२०८३/०८४–एसक्यू–०४ नम्बरको बोलपत्र जारी गरिएको छ ।

मोरङस्थित मिर्चैया वितरण केन्द्रले उच्च भोल्टेज (एचटी) लाइन निर्माण तथा ट्रान्सफर्मर जडानका लागि बोलपत्र आह्वान गरेको छ । उक्त कामका लागि एनईए–एमडीसी–२०८३/०८४–०१ (एसक्यू) नम्बरको बोलपत्र जारी गरिएको छ ।

यस्तै, सुनसरीको बेलबारी वितरण केन्द्रले लाइन निर्माण तथा मर्मतसम्भारका लागि आवश्यक सामग्री आपूर्ति गर्न बोलपत्र आह्वान गरेको छ । केन्द्रले लाइन सामग्री खरिद तथा आपूर्तिका लागि एनइए–बेलबारीडिसी–२०८३/०८४–एसक्यू–०१ नम्बरको बोलपत्र जारी गरेको हो ।

बेलबारी वितरण केन्द्रले कार्यालय प्रयोजनका लागि छपाइ तथा स्टेसनरी सामग्री खरिद एवं आपूर्तिका लागि समेत छुट्टै बोलपत्र माग गरेको छ । यसका लागि एनईए–बेलबारीडीसी–२०८३/०८४–एसक्यू–०२ नम्बरको बोलपत्र जारी गरिएको छ ।

प्राधिकरणले इच्छुक निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई बोलपत्रसम्बन्धी विस्तृत जानकारीका लागि आफ्नो आधिकारिक वेबसाइट हेर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३