काठमाडौँ । ऊर्जा खबरले हरेक शुक्रबार प्रकाशन गर्दै आएको ज्ञानवर्द्धक स्तम्भ ‘ऊर्जा ज्ञान’ अन्तर्गत यो साता हामीले चुम्बक, यसका प्रकार र विशेषता तथा बहुवैकल्पिक प्रश्नोत्तर प्रस्तुत गरेका छौँ । अघिल्लो साता विद्युत् चुहावट, यसका प्रकार र नियन्त्रणका उपायबारे जानकारी प्रस्तुत गरेका थियौँ ।
१. चुम्बक भनेको के हो ?
उत्तर : चुम्बकलाई चलनचल्तीको भाषामा म्याग्नेट पनि भन्ने गरिन्छ । चुम्बक एक वस्तु वा पदार्थ हो, जसले चुम्बकीय क्षेत्र उत्पन्न गर्छ । यसले फलाम, निकेल, र कोबाल्ट जस्ता केही धातुहरूलाई आकर्षित वा विकर्षित गर्न सक्छ । यसका दुईवटा ध्रुव हुन्छन् : एउटा उत्तरी ध्रुव र अर्को दक्षिणी ध्रुव ।
२. चुम्बकका विशेषता के के हुन् ?
उत्तर : चुम्बकका विशेषता निम्नानुसार छन् :
३. चुम्बक कति प्रकारका हुन्छन् ?
उत्तर : साधारणतया चुम्बक ३ प्रकारका हुन्छन् । ती निम्नानुसार छन् :
बहु–वैकल्पिक प्रश्नहरू
१. प्राकृतिक रूपमा पाइने चुम्बकीय पदार्थलाई के भनिन्छ ?
(क) लोडस्टोन
(ख) निकेल
(ग) कपर
(घ) कोबाल्ट
उत्तर : लोडस्टोन
२. उत्तर–दक्षिण दिशा देखाउने उपकरणलाई के भनिन्छ ?
(क) फ्लक्स मिटर
(ख) ग्याल्भानोमिटर
(ग) कम्पास
(घ) गौस मिटर
उत्तर : कम्पास
३. निम्न पदार्थमध्ये लौह चुम्बकीय पदार्थ कुन हो ?
(क) निकेल
(ख) तामा
(ग) जस्ता
(घ) सिल्भर
उत्तर : निकेल
४. स्थायी चुम्बक निम्न मध्ये कुन उपकरणमा प्रयोग गरिँदैन ?
(क) लाउड स्पिकर
(ख) ट्रान्सर्फमर
(ग) इनर्जी मिटर
(घ) वाट मिटर
उत्तर : ट्रान्सफर्मर
५. कुनै सामानलाई धुलो र पानीबाट जोगाउन प्लास्टिकले छोपेजस्तै म्याग्नेटिक फ्लक्सबाट जोगाउन केले छोप्नुपर्छ ?
(क) आल्मुनियम
(ख) तामा
(ग) फलाम
(घ) पित्तल
उत्तर : फलाम
६. म्याग्नेटिक फ्लक्स डेन्सिटीको इकाई कुन हो ?
(क) टेस्ला
(ख) वेबर
(ग) केल्भिन
(घ) केन्डला
उत्तर : टेस्ला
७. विद्युत् चुम्बकको बललाई निम्न मध्ये कुन उपाय अपनाएर बढाउन सकिन्छ ?
(क) टर्न संख्या बढाएर
(ख) करेन्ट लगाएर
(ग) (क) र (ख) दुवै
(घ) टर्न संख्या घटाएर
उत्तर : (क) र (ख) दुवै