विद्युत अपडेट

  • प्राधिकरण : ९०८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७७२० मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६१७० मे.वा.घन्टा
  • आयात : २५८ मे.वा.घन्टा
  • निर्यात : २०९१२ मे.वा.घन्टा
  • ट्रिपिङ : १०० मे.वा.घन्टा
  • ऊर्जा माग : ७३३३० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६९ मे.वा.
२०८३ भदौ ९, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको ओखरपौवा–तीनपिप्ले २२० केभी प्रसारण लाइन निर्माणबारे सार्वजनिक सुनुवाइ हुने भएको छ । उक्त लाइन प्राधिकरणको स्वामित्वमा रहको त्रिशूली ३बी हब–मातातीर्थ २२० केभी प्रसारण लाइनको टावर नम्बर ३७/२ (धुनिवेशी–१ खाल्टेटार) बाट ट्यापिङ गरी यसै नुवाकोटको ककनी हुँदै आयोजनाअन्तर्गत निर्माण काठमाडौँको तरकेश्वर–३ कोट गाउँमा निर्माण हुने तीनपिप्ले सबस्टेसनमा जोड्ने प्रस्ताव गरिएको छ । लाइनको प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदन तयार गर्ने कार्यका लागि उक्त सार्वजनिक सुनुवाइ गर्न लागिएको हो ।

प्राधिकरणले काठमाडौँको तारकेश्वर नगरापालिका–३ कोटगाउँमा प्रस्तावित तीनपिप्ले सबस्टेसन नजिक चौतारामा पुस २८ गते बिहान ११ बजे र धादिङको धुनिवेशी नगरपालिका–१ सिम्खडा गाउँस्थित सर्वेश्वर मन्दिर परिसरमा पुस २९ गते सार्वजनिक सुनुवाइ गर्ने सूचना जारी गरेको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका सवालहरूलाई आइइई प्रतिवेदनमा समावेश गरिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३