विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङमा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको मुख्य सुरुङ छेडिएको छ । पिपुल्स हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाका करिब ५ हजार मिटर सुरुङ खनेर सकिएको हो ।

सफलतापूर्वक ५ हजार १ सय मिटर लामो सुरुङ छेडिएको कम्पनीका प्रबन्ध निर्देशक केशव बहादुर रायमाझीले बताए । उनका अनुसार खनेर सकिएको सुरुङको ढलानको काम भइरहेको छ । सुरुङ ढलानको काम सम्पन्न गर्न ४ महिना लाग्छ ।

आयोजनाको ८५ प्रतिशत काम सकिएको छ । आयोजनाको बाँध क्षेत्रको पुन निर्माणको काम सुरु भएको छ । गत असारमा आएको बाढी पहिरोले बाँध क्षेत्रकाे संरचना बगाएको थियो । बाढी पहिरोले बाँध क्षेत्रसम्म पुग्ने पुहँचमार्ग बगाएपछि रोकिएको काम सुरू भइ तिब्र गतिमा अघि बढेको छ । यस क्षेत्रका काम पनि ३ महिनाभित्र सकिन्छ ।

यस्तै, १ हजार एक सय मिटर पेनस्टक पाइप जडानको काम भइरहेको छ ।  विद्युतगृहको सिभिल संरचनाको काम पुरा भई उपकरण जडानको काम भइरहेको छ । उपकरण जडानको काम पुरा गरी आगामी जेठमा परिक्षण गर्ने लक्ष्य रहेको पनि रायमाझीले बताए ।

पछिल्लाे तालिका अनुसार आयोजनाको सबै काम पूरा गरेर २०७९ असारभित्र उत्पादन सुरु गर्ने लक्ष्य छ । यसअघि २०७८ फागुनभित्र उत्पादन गर्ने लक्ष्य थियाे । गत असार १ गते राति दोर्दी खोलामा आएको भीषण बाढीले पहुँच सडक तथा आयोजनाको संरचनामा ठूलो क्षति पुर्याउँदा तालिका प्रभावित भएको हो ।

आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत दोर्दी कोरिडोर प्रसारण लाइनको  किर्तीपूर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गरिरहेको छ । ६ किलोमिटर लामो प्रसारण लाइनमा २० वटा टावर रहनेछ । ५ वटा टावर खडा भइसकेका छन् ।

आयोजनाबाट २०७६ फागुनदेखि विद्युत उत्पादन गर्ने तालिका भए पनि भूकम्प, नाकाबन्दी, दोर्दी खोलामा आएको भीषण बाढीको क्षति तथा कोभिड–१९ महामारीको असरले निर्माण प्रभावित हुँदा धकेलिँदै गएको हो ।

कोभिड–१९ को नियन्त्रण गर्न गरिएको लकडाउन र निशेधाज्ञाका कारण निर्माण सामाग्री आयात गर्न नसक्दा तथा कामदार अभावले आयोजनाको निर्माण ६ महिनासम्म सुस्त बनेको थियो । अवस्था सहज हुँदै गएपछि मात्रै फेरि निर्माणलाई गति दिन सकेको कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न गर्न ८ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरिए पनि निर्माण अवधि लम्बिँदा केही बढ्ने देखिएको कम्पनीले जनाएको छ । विद्युत उत्पादन अवधि लम्बिँदा तथा विदेशी विनिमयदरमा भएको वृद्धिले लागत बढ्ने देखिएको छ ।

आयोजनामा सानिमा बैंकको अगुवाइमा ९ वटा बैंकले ५ अर्ब ८० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । २ अर्ब ४९ करोड रुपैयाँ स्वपुँजी (इक्विटी) लगानीे छ । आयोजनामा प्रभावित क्षेत्रका जिल्लाबासीको २७ करोड रुपैयाँ लगानी छ । सुरुमा यो आयोजना ४९.६ मेगावाट क्षमतामा निर्माण गर्ने तय भएको थियो । पछि आयोजनाको स्तरोन्नति गरेर क्षमता ५४ मेगावाट पुर्याइएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit