विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । गोरखा जिल्लाको अजिरकोट गाउँपालिका वडा नम्बर २ ओलाङमा निर्माण सम्पन्न भएको सुपर चेपे खोला जलविद्युत् आयोजनाको ९.०५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । रिज लाइन इनर्जी प्रालिले निर्माण सम्पन्न गरेको आयोजनाको विद्युत् प्रणालीमा जोडिएको हो ।

आयोजनाको सिभिल संरचना तथा उपकरण जडान पूरा गरी आन्तरिक परीक्षणपछि हिजो (पुस २१ गते) देखि प्रणालीमा जोडिएको कम्पनीका इन्जिनियर प्रतिक आचार्यले बताए । उनले नेपाल विद्युत् प्राधिकरणले तोकेको व्यापारिक उत्पादन मिति (सिओडी) भन्दा ५ महिनाअघि नै उत्पादन परीक्षण सुरु गरेको जानकारी दिए ।

प्राधिकरणसँग भएको विद्युत् खरिद सम्झौता (पिपिए)अनुसार २०८० जेठभित्र विद्युत् उत्पादन थाल्नुपर्ने थियो । तर, कोभिड–१९ का कारण उत्पादन तालिका एकवर्ष ढिलाे हुँदा २०८१ जेठमा पुगेको छ । उत्पादन तालिकाभन्दा ५ महिनाअघि नै आयोजनाको विद्युत् प्रणलीमा जोड्न सफल भएको आचार्यले बताए ।

‘शनिबारदेखि आयोजनाको विद्युत् प्रणालीमा जोडेर परीक्षण गरिरहेका छौँ,’ उनले ऊर्जा खबरसँग भने, ‘आगामी दुई सातासम्म प्राधिकरणले परीक्षण गर्नेछ, परीक्षण अवधिभर प्राधिकरणले नि:शुल्क विद्युत् लिनेछ ।’ परीक्षण पूरा भएपछि माघ दोस्रो सातादेखि व्यापारिक उत्पादन सुरु हुनेछ ।

आयोजनाबाट उत्पादन भएको विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत १९.९१ किलोमिटर दुरीमा रहेको प्राधिकरणको कीर्तिपुर सबस्टेसनमा जोडिएको छ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैँले निर्माण गरेको हो ।

आयोजनामा ३४११ मिटर हेडरेस पाइप र ११९५ मिटर पेनस्टक पाइप निर्माण गरिएको छ । आयोजनाको काम १ अर्ब ६२ करोड रुपैयाँ लागतमा सम्पन्न भएको अनुमान गरिएको छ । आयोजनामा वाणिज्य बैंकको ७० प्रतिशत ऋण लगानी छ । बाँकी स्वपूँजी लगानी छ ।

कम्पनीले आयोजनाको स्थलगत निर्माणकाे काम २०७८ मंसिरदेखि सुरु गरेको हो । कम्पनीले यो आयोजनासँगै ८.८ मेगावाटको दुधपोखरी चेपे जलविद्युत् आयोजनामा पनि लगानी गरेको छ । यो आयोजना अहिले निर्माणाधीन छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit