विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । युनियन मेवा हाइड्रो लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा कुल ३५ करोड ३८ लाख ६० हजार ५०० रुपैयाँको ३५ लाख ३८ हजार ६०४ कित्ता शेयर जारी गर्ने भएको हो । 

यसका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्ध नियुक्त गरेको छ । शुक्रबार एक कार्यक्रमा यससम्बन्धी सम्झौता भएको हो । सम्झौता पत्रमा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र युनियन मेवा हाइड्रो लिमिटेडका अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका छन् । 

कम्पनीले ताप्लेजुङको मिक्वा खोला गाउँपािलकामा २३ मेगावाटको मेवा खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण प्रगति ३५ प्रतिशत पुगिसकेको कम्पनीले जनाएको छ । 

करिब ४ अर्ब ७० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ३ अर्ब ५२ करोड रुपैयाँ बैंकहरूमार्फत र १ अर्ब १८ करोड रुपैयाँ सेयरधनीहरू मार्फत लगानी हुने गरी वित्तीय व्यवस्थापन गरिएको छ । ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्पपुँजी लगानी रहने गरी लगानी संरचना तयार पारिएको आयोजनाका लागि लक्ष्मी बैंकको १ अर्ब ५२ करोड, नबिल र हिमालयन बैंकले १–१ अर्ब रुपैयाँ लगानी रहने छ । 

आयोजनाबाट २०८२ पुस १४ गतेभित्र विद्युत् उत्पादन गर्नुपर्ने लक्ष्य राखिएको छ । विद्युत् उत्पादन शुरू भएको पहिलो वर्ष नै विद्युत् बिक्रीबाट करिब ८१ करोड रुपैयाँ आम्दानी हुने कम्पनीले जानकारी दिएको छ । आयोजनाबाट वार्षिक १३६.७९ गिगावाट घन्टा (३ करोड ६७ लाख ९० हजार युनिट) हुने छ ।

आयोजनाबाट उत्पादित विद्युत विद्युतगृहदेखि करिब ५ किलोमिटर दूरीसम्म १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत निर्माणाधीन १३२/२२० केभी सबस्टेसनमा जोडिनेछ । आयोजनाका लागि मिक्वा खोला गाउँपालिका–५ स्थित खेस्तेम्बेमा बाँध निर्माण गरी १५३६ मिटर पेनस्टक पाइपमार्फत सोही गाउँपालिकाको छेरेक्मामा निर्माण हुने सतही विद्युतगृहमा पानी खसालिने छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३