विद्युत अपडेट

  • प्राधिकरण : ९२७६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०५४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५११४ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १७०८५ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ५७५९४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३३ मे.वा.
२०८१ भदौ २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले खोटाङकाे केपिलास गढि गाउँपलिकामा रहेकाे ४ वटा धान कुट्ने राइस मिल र ५ घरधुरीको विद्युत लाइन काटेको छ । केन्द्रका चुहावट नियन्त्रणमा खटिएका टाेलीले यी ग्राहकहरूले विद्युत चोरी गरेर प्रयाेग गरेको भन्दै लाइन काटेको हो ।

विद्युत चुहावट नियन्त्रणको क्रममा गाउँपलिकाकाे वासपानि, वाक्सिला, सप्तेश्वर र दित्तेलका राइसमील र व्यक्त्रिगत प्रयाेजनाका लागि विद्युत चोरी गरी प्रयोग गरेको भेटिएकाे केन्द्रले जनाएकाे छ । केन्द्रका अनुसार विद्युत चुहावट नियन्त्रण गर्ने क्रममा लाइन काटिएको हो ।

नियमअनुसारको जरिवाना र सो वरावरको हानि नोक्सानि गरी डब्बल दस्तुर असुली गरेपछि मात्र लाइन पुन जाेडिने पनि केन्द्रले जनाएकाे छ । विद्युत प्रयोग गर्ने ग्राहकलाई विद्युत चोरी गरी प्रयोग नगर्न आग्रह गरेको छ ।

केन्द्रले चुहावट नियन्त्रण र बक्याैता संकलनलाइ तिव्र गतिमा अघि बढाएकाे छ । वारम्बार ताकेता गर्दा वा लामाे समयसम्म महसुल नबुझाउने ग्राहककाे लाइन काटी बक्याैता उठाउने काम भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३