विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । गोरखा र लमजुङको सिमानामा ४.२ मेगावाटको च्यांदी खोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यसका लागि च्यांदी खोला हाइड्रोपावर प्रालि विद्युत् विकास विभागमा उत्पादन अनुमतिको माग गर्दै विद्युत् विकास विभागमा आवेदन दिएको छ । 

नदी प्रवाहमा आधारित उक्त आयोजनाका संरचनाहरू गोरखाको अजिरकोट गाउँपालिका–२ र लमजुङको दूधपोखरी गाउँपालिका–१ मा निर्माण हुनेछन् ।   अन्तर्गत च्यांदी खोलाको पानी फर्काउन समुद्री सतहबाट १७४२ मिटर उचाइमा २३ मिटर लामो बाँध निर्माण गरिने छ । बाँधसँगै च्यांदी खोलामा १.६ मिटर चौडा र ०.५ मिटर उचाइको २ वटा साइड इन्टेक रहने छन् । त्यहाँबाट ल्याइने पानीलाई अन्य संरचनामार्फत १ हजार ७०५ मिटर लामो हेडरेस पाइप हुँदै २० मिटरको उचाइमा रहने सर्ज पाइपसम्म पुर्‍याइने छ । सर्ज पाइपबाट १ हजार ७४८ मिटर लामो पेनस्टक पाइप हुँदै १२ मिटर चौडाइ र १२ मिटर उचाइ भएको विद्युत्‌गृहमा पुर्‍याई विद्युत् उत्पादन गरिने योजना छ । विद्युत्‌गृहबाट छोडिने पानी २४५ मिटर लामो टेलरेस पाइपबाट पुनः खोलामा छोडिने छ ।

विद्युत्‌गृहमा २.१ मेगावाट क्षमताका २ वटा विद्युत् उत्पादन युनिट रहने छन् ।  आयोजनाबाट वार्षिक २५.१९ गिगावाट घण्टा विद्युत् उत्पादन हुने छ । उत्पादन हुने विद्युत् १८ किलोमिटर प्रसारण लाइनबाट नेपाल विद्युत् प्राधिकरणको कीर्तिपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्ने योजना छ । 

 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३