विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रले डेढ महिनामा ६० लाख रुपैयाँ बक्यौता असुली गरेको छ । प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/७९ सुरु भएदेखि हालसम्मको अवधिमा सो बक्यौता असुली गरेको हो ।

लामो समयसम्म विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काटी बक्यौता असुली गरिएको केन्द्र प्रमुख चुटुन कुमार श्रीवास्तवले बताए  । उनका अनुसार महसुल बुझाउन पटक पटक ताकेता गर्दा पनि अटेर गर्ने ग्राहकको लाइन काटि बक्यौता असुली सुरु गरिएको हो । दुई महिना भन्दा बढी समयदेखि विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काटी बक्यौता असुली अभियानलाई तिव्र गतिमा अघि बढाइएको छ ।

‘केन्द्र अन्तर्गत विद्युत महसुल खपत बापत दुई अर्ब बढी रकम उठाउन बाँकि छ,’  उनले भने, ‘जसमा डेडिकेटेड र ट्रकं लाईनबाट विद्युत सेवा लिने ठूला उद्योगको मात्रै झण्डै डेढ अर्ब रुपैयाँ महशुल उठ्न बाँकि छ ।’

केन्द्रले विद्युत महसुल संकलन अभियानलाई तिव्र गतिमा अघि बढाएको छ । पहिलो चरणमा एक लाख रुपैयाँसम्म तिर्न बाँँकी हुनेको लाईन काटिनेछ,  दोस्रो चरणमा ५० हजारसम्मको लाइन काटि बक्यौता असुल गरिने केन्द्रले जनाएको छ ।

केन्द्रले गत आर्थिक वर्षमा एक करोड २० लाख रुपैयाँ महसुल असुल गरेको थियो । केन्द्र अन्तर्गत प्राधिकरणको विद्युत उपयोग गर्ने ४४ हजार ग्राहक छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit