काठमाडौं । माईखोला हाइड्रो पावरले हकप्रद सेयर प्रस्ताव पारित गर्न साधारण सभा आह्वा गरेको छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले असोज ९ गतेको लागि सभा आह्वान गरेको हो ।
चुक्ता पुँजी ३९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँको १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त सेयर प्रस्ताव परित गर्नका लागि सभा आह्वान गरिएको हो ।
सभाबाट प्रस्ताव पारित हुनेलगतै सेयर निष्कासन गरि बाँडफाँड गरिनेछ । सभा असोज ९ गते लर्ड पार्टी भेन्यू धुम्बाराहीमा बिहान ९ बजेबाट सुरु हुनेछ ।
कम्पनीको इलाममा ३ मेगावाटको सुपर माई क्यासकेड जलविद्युत आयोजना सञ्चालनमा छन् । यस आयोजनाले २०७७ असार ३१ गतेदेखि विद्युत उत्पादन सुरु गरिएको हो ।