विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस १८, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेड (चेस्को) ले सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीको कार्यक्षेत्र एवम् लगानी विस्तार गरी, पारदर्शीता कायम गर्दै सर्वसाधारणप्रति थप उत्तरदायी बनाउने उद्देश्यअनुसार योजना अगाडि बढाइएको हो ।

चिलिमे हाइड्रो पावर कम्पनीको सहायक कम्पनीको रूपमा २०७३ असोजमा स्थापना भएको चेस्कोले करिब ७ वर्षदेखि परामर्श सेवा दिँदै आएको छ । पुँजी अभिवृद्धि एवम् जनउत्तरदायि बनाउनका लागि सेयर जारी गर्न लागेको कम्पनीले जनाएको छ ।

कम्पनीले सेयर निष्कासन गर्नका लागि रेटिङ एजेन्सी इक्रा नेपालबाट ‘त्रिपल बी’ रेटिङ पाएको छ । इक्रा नेपालको मूल्यांकन अनुसार सेयर निष्कासन गर्नका लागि पाएको रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्नका लागि सबल रहेको जनाउँछ ।

चेस्को मुख्यतः इन्जिनियरिङसँग सम्बन्धित आयोजनाको पहिचानदेखि लिएर, सुपर भिजन, सञ्चालन  र मर्मतसम्म वा आयोजनाको लागि आवश्यक सम्पूर्ण सेवाहरू प्रदान गर्दै आएको छ । अहिले हाइड्रो पावरसँग सम्बन्धित सम्पूर्ण, हाइड्रोलोजी, जियोलोजी, प्राविधिक अध्ययन, आयोजनाको पहिचान, वातावरणीय अध्ययन लगायतका कामहरू गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३