विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । गण्डकी प्रदेशको कास्की जिल्लामा पहिचान भएको १३ मेगावाटको माथिल्लो सेती–१ जलविद्युत आयोजनाको काम आगामी ३ वर्षभित्र पूरा हुने भएको छ । जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर १९ र २५ तथा माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर २, ३ र ४ मा पहिचान भएको आयोजनाको काम श्रेष्ठ इनर्जी सोलुसन प्रालिले २०८२ भित्र पूरा गर्ने भएको हो ।

अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमति दिने तयारी अन्तिम चरणमा पुगेको विद्युत विकास विभागले जनाएको छ । विभागले कम्पनीलाई अनुमति दिन ३५ दिने सूचना जारी गरेको छ ।

आयोजना निर्माण तथा सञ्चालन गर्दा उल्लेखनीय असर पर्ने भएमा यो सूचना जारी भएको मितिले ३५ दिनभित्र सम्बन्धित सरोकारवालाले आफ्नो लिखित राय/सुझाव विभाग वा कम्पनीको कार्यालय प्राप्त हुने गरी पठाउनु पर्नेछ ।

आयोजनाको बाँधस्थल माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर २ र ३ को सिमानामा र विद्युत गृह पोखरा महानगरपालिकाको वडा नम्बर १९ मा पर्ने घट्टे खोलासँगैको दोभानभन्दा माथिल्लो पट्टि सेती नदीको बायाँ किनारमा रहनेछ ।

बाँधबाट ४०५५ मिटर लामो हेडरेस पाइपमार्फत पानीलाई विद्युतगृहमा पुर्याइनेछ । विद्युतगृहमा जडित ३ वटा टर्वाइनमा पानी खसाली सो टवाईनसँग जोडिएको ३ वटा जेनेरेटरमार्फत विद्युत उत्पादन गरिनेछ ।

आयोजनाबाट वार्षिक ८३.६१ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । आयोजनाको सबै काम पूरा गरेर २०८२ भित्र विद्युत उत्पादन सुरु गरिनेछ । उत्पादित विद्युत ३३ केभी प्रसारण लाइनमार्फत ३.५ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको लाहाचाक सबस्टेसनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit