विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले अमेरिकी वैदेशिक सहायता एजेन्सी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को अनुदानमा निर्माण हुने ४०० केभी प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यक पर्ने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति दावी पेस गर्न आग्रह गरेको छ । लाइनको रातमाटे सबस्टेसनदेखि नयाँ दमौली सबस्टेसन खण्ड अन्तर्गत पर्ने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति दावी पेस गर्न माग गरेको हो ।

यो खण्डमा पर्ने चितवन इच्छाकामना गाउँपालिकामा अधिग्रहण गरिने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति दावी माग गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार (साउन २१ गते) सुचना जारी गर्दै मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिले कार्यान्वयन गरिरहेको लाइनको टावर निर्माण गर्न अधिग्रहण गर्नुपर्ने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति दावी पेस गर्न सम्बन्धित जग्गा धनीलाई आग्रह गरेको छ ।

जग्गा प्राप्ति ऐन २०३४ को दफा ९ को उपदफा १ को प्रयोजन र जग्गाको मुआब्जा तथा क्षतिपूर्ति दावी गर्न आ–आफ्नो हकमा रहेको वा भोगचलन गर्दै आएको जग्गाको मुआब्जा तथा क्षतिपूर्ति दावी गर्न निवेदन दिनुपर्ने छ । प्रभावितले आगामी २१ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ ।

जग्गा धनीले टावर निर्माण हुने जग्गाको मुआब्जा तथा घरटहरा, गोठ, रुख विरुवा एवं प्रसारण लाइनको तार मुनिको जग्गाको क्षतिपूर्ति पाउने छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३