काठमाडौँ । ऊर्जा क्षेत्रका समसामयिक विषयमा ग्रीन इनर्जी अन्ट्रप्रेनर नेपाल (ग्रीन) ले विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालसँग छलफल तथा अन्तरक्रिया गरेको छ । आयोगको कार्यालय सानो गौचरणमा बिहीबार ऊर्जा क्षेत्रको जटिलताका विविध ६ वटा विषयमा सैद्धान्तिक छलफल तथा अन्तरक्रिया भएको ग्रीनका अध्यक्ष सूर्यप्रसाद अधिकारीले ऊर्जा खबरसँग बताए ।
उनका अनुसार उक्त छलफल तथा अन्तिरक्रिया निम्म लिखित विषयमा केन्द्रित थियो :
१. विद्युत् खरिद–बिक्रीका सर्तहरू
२. सरकारका घाषित सुविधाहरू तथा नीतिगत व्यवस्थाहरू
३. जलवायुजन्य जोखिम, प्राविधिक, वित्तीय, सुरक्षा र व्यापारिक समस्याहरू
४. स्वतन्त्र प्रणाली व्यवस्थापन, प्रसारण पूर्वाधार तथा इन्टरकनेक्सन
५. निजी क्षेत्रको लगानीको संरक्षण र ऊर्जा क्षेत्रको संस्थागत विकास
६. व्यासायिक तथा व्यापारिक मापदण्डहरू
ग्रीन र आयोगबीच उल्लिखित विषयहरूमा अध्ययन, अनुसन्धान गरी विद्यमान समस्याहरूको निराकरण गर्न आगामी दिनमा निरन्तर सहकार्य गर्नेबारे समेत विस्तृत छलफल भएको ग्रीनका अध्यक्ष अधिकारीले बताए ।