काठमाडौँ । बिहीबार रातीको हावाहुरीले विद्युत् पोल ढाल्दा वीरगन्ज र वरपरका क्षेत्रमा १० घन्टादेखि विद्युत् आपूर्ति बन्द भएको छ । गर्मीयाममा बिजुली नहुँदा जनजीवन नराम्ररी प्रभावित भएको छ ।
बिहीबार राती १ बजेतिरको हुरीले ढालेका पोल उठाउन काम भइरहेको बताउँदै नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुवेले आज अपराह्नसम्म बिजुली आपूर्ति हुने जानकारी दिए ।
वीरगन्ज र आसपासका क्षेत्रमा ५६ हजार बिजुलीका ग्राहक छन् । अहिले यहाँ वर्षा भइरहेको छ ।