विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ २८, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को २४औँ वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको छ । नामावलीको सूची प्रकाशन गर्दै गर्दा उपमहासचिव सहित ५ जना सचिव निर्विरोध चयन भएका छन् ।

निर्विरोध हुनेमा उपमहासचिव कविता पोखरेलसहित सचिवहरू अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी रहेका छन् । अन्तिम नामावली प्रकाशन गर्दासम्म ५ जनाको मात्र उम्मेदवारी कायम भएपछि उनीहरू सर्वसम्मत भएका हुन् ।

प्रारम्भिक नामावली प्रकाशनका क्रममा सचिवको उम्मेदवारी सिफारिस भएका कृष्णप्रसाद घिमिरे र वीरेन्द्रबहादुर मल्लको नाम हटेको छ । बाँकी पदाधिकारी तथा कार्यसमिति सदस्यका लागि भोलि जेठ २९ गते निर्वाचन हुने तय भएको छ ।

सार्वजनिक अन्तिम नामावली अनुसार विभिन्न पदहरूमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । वरिष्ठ उपाध्यक्ष पदका लागि दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सिइडिवि होल्डिङ्स लिमिटेडका तर्फबाट र बराह मल्टिपावर लिमिटेडका तर्फबाट क्रमशः उत्तम भ्लोन लामा र बलराम खतिवडा चुनावी मैदानमा उत्रिएका छन् ।

यो पनि पढ्नुहोस् : इपान कार्यसमिति निर्वाचन २०८३ : २४ पदमा ४२ जनाले प्रतिस्पर्धा गर्दै

यसैगरी, ५ जना उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी कायम रहेको छ । चुनावी मैदानमा उत्तरकुमार श्रेष्ठ (बुटवल पावर कम्पनी), नरेन्द्र वल्लभ पन्त (ठूलोखोला हाइड्रोपावर), विक्रम विष्ट (इसुवा इनर्जी), भरतप्रसाद नेपाल (माउन्ट एभरेष्ट पावर), भरतबहादुर खत्री (आरती पावर), सुसन कर्माचार्य (मादमे खोला हाइड्रोपावर) र हिमप्रसाद पाठक (साहस उर्जा) रहेका छन् ।

एक महासचिवमा टेकनाथ (टि.एन.) आचार्य (भिजन ईनर्जी एण्ड पावर) र प्रकाशचन्द्र दुलाल (फेदीखोला हाईड्रो पावर) बीच सिधा प्रतिस्पर्धा हुने भएको छ ।

कोषाध्यक्षका लागि मिथुन चक्रवर्ती प्रसाद पौडेल (देव ढुंगा मालिका हाइड्रोपावर) र शंकर बस्याल (मध्य ताराखोला हाइड्रोपावर) चुनावी प्रतिस्पर्धामा छन् । ७ जना खुला सदस्यका लागि १४ जना आकांक्षीहरू भिड्ने भएका छन् । उम्मेदवारी कायम रहेका सदस्यहरूमा अनुप आचार्य (एम.ए.पावर) इन्दिरा पन्त (कालिन्चोक हाइड्रोपावर) कदम के.सी. (दुधकोशी हाइड्रोपावर नेपाल) जगदिश सिवाकोटी (वाटर इनर्जी सोलुसन) जगत बहादुर पोखरेल (भिजन लुम्बिनी ऊर्जा) नारायण कंडेल (दूध पोखरी चेपे हाइड्रोपावर) प्रदिप ओली (र्स्यापु पावर कम्पनी लिमिटेड) डा. भूषण गुरागाई (बरुण हाइड्रोपावर) मिलन खड्का (अरुण भ्याली डेभलपमेन्ट) वर्णन लामिछाने (नार खोला हाइड्रो इनर्जी) बाबुराम थापा (अभियान हाइड्रोपावर) सकुन्द ओझा (सानिमा जुम हाइड्रोपावर) सन्तोषराज नेपाल (एक्सपर्ट हाइड्रो इन्भेष्मेन्ट) सोमनाथ कंडेल (हिमाली हाइड्रो फण्ड) छन् ।

३ जना महिला सदस्यका लागि ४ जनाको उम्मेदवारी परेको छ । जसमा ज्योती गैरे (मिजु इनर्जी), प्रतिमा ज्ञवाली (ओ.एस.आर. हाइड्रो), संगिता धमला (हार्मुनी इनिसिएटिभ्स) र सिर्जना खड्का (अपि पावर कम्पनी) चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३