विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
दोर्दी कोरिडोर प्रसारण लाइनको समस्या

काठमाडौं । लमजुङस्थित दोर्दी खोला कोरिडोरमा निर्माणाधीन १३२ केभी प्रसारण लाइनको काम समयमा पूरा नहुँदा त्यस क्षेत्रमा उत्पादित करिब ३८ मेगावाट विद्युत केन्द्रीय प्रणालीमा प्रवाह हुन सकेको छैन । गत असोजमा आएको बाढीले कीर्तिपुर र उदीपुरको बीचमा ४ वटा टावरमा क्षति पुगेको र त्यसको काम अहिलेसम्म नहुँदा समस्या देखिएको हो ।

प्रसारण लाइन अभावले अहिले सिइडिबी हाइड्रो इनर्जी अन्तर्गतको दोर्दी खोला जलविद्युत कम्पनीले निर्माण गरेको १२ मेगावाटको दोर्दी–१ लाई सबैभन्दा बढी असर परेको छ । प्रवर्द्धक कम्पनीले छिटो प्रसारण लाइन निर्माण गरिदिन प्राधिकरणलाई ताकेता गरिरहेको छ ।

निर्माण पूरा भएको १० किलोमिटर प्रसारण लाइनका ४ वटा टावरमा गत असोजमा आएको बाढीले क्षति पुर्याउँदा समस्या देखिएको आयोजना प्रमुख रमेश पौडेलले बताए । ‘बाढीले टावर बगाएपछि ठाउँ सार्नुपर्यो, पुनः जग्गा अधिग्रहण लगायतका काम गर्नुपर्यो,’ उनले ऊर्जा खबरसँग भने, ‘अहिले दुई वटा टावरको काम पूरा भइसकेको छ, अब आउने चैतभित्र सबै काम पूरा हुन्छ ।’

दोर्दी गाउँपालिकामा निर्माण भइरहेको दोर्दी–१ मा सानिमा बैंकको नेतृत्वमा लक्ष्मी बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक र महालक्ष्मी विकास बैंक लिमिटेडको लगानी छ । आयोजनाको उपकरण परीक्षण भई फागुन २५ गतेदेखि उत्पादन परीक्षण गर्ने तयारी भइरहेको प्रवर्द्धक कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार २५०० मिटर लामो सुरुङ र ७०० मिटर पेनस्टक पाइप रहेको दोर्दी–१ बाट फागुन १ गतेबाट उपकरण परीक्षण भएको हो । आयोजनाको विद्युतगृहबाट उत्पादित विद्युत, प्राधिकरणको कीर्तिपुरस्थित सब(स्टेशनमा ३.५ किलोमिटरको १३२ सिंगल सर्किट प्रसारण लाइन निर्माण गरी जोडिनेछ । प्रवद्र्धकले निर्माण गर्ने यो प्रसारण लाइनको काम समेत पूरा भएको छ ।

दोर्दी–१ सम्पूर्ण काम जेठमै पूरा भएको थियो तर उदीपुर–कीर्तिपुर १३२ के.भी. प्रसारण लाइन सम्पन्न नहुँदा जोड्न समस्या भएको थियो । यही क्रममा गत असार १ गतेको बाढीले दोर्दी–१ को विद्युतगृह र प्राधिकरणको १३२ केभी उदीपुर–कीर्तिपुर लाइनका टावरहरू क्षतिग्रस्त हुँदा विद्युत उत्पादन पछाडि धकेलिएको थियो ।

दोर्दी–१ को विद्युतगृहका क्षतिग्रस्त उपकरणहरू मर्मत सम्पन्न भई आयोजनाबाट विद्युत उत्पादन गर्न तयार रहँदा पनि प्राधिकरणले टावरहरू निमार्ण गर्न नसकेको प्रवर्द्धकको गुनासो छ । ८ महिना बितिसक्दा पनि टावर खडा नहुँदा विद्युत बिक्रीबाट कम्पनीलाई हुने आम्दानी गुमाउनुका साथै बैंकको ब्याज बढिरहेको गुनासो गरिएको छ । साथै, आयोजनाको सञ्चाल खर्च समेत बढिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३