विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १५, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । सुन्दर यातायात प्रालिले विद्युत बस र चार्जिङ स्टेसन सञ्चालन बन्द गरेको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी चार्जिङ स्टेसनमा लिँदै आएको डिमाण्ड शुल्क हटाउने घोषणा गरेको एक वर्ष वितिसक्दा पनि कार्यान्वयन नगरेपछि सवारी र चार्जिङ स्टेसन बन्द गरेको हो ।

सोमबार (माघ २३ गते) देखि बस र चार्जिङ स्टेसन सञ्चालन बन्द गरेको प्रालिले जनाएको छ । सरकार, विद्युत नियमन आयोग र प्राधिकरणलाई पटकपटक चार्जिङ स्टेसन शुल्क हटाउन माग गरेपनि डिमाण्ड शुल्क लिँदै आएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए ।

‘संसारभरी पेट्रोलियम पदार्थ विस्थापित गरी विद्युतीय सवारी सञ्चालनका लागि विशेष जोड दिइदै गर्दा यहाँभने सञ्चालनमा रहेको गाडी, चार्जिङ स्टेसन बन्द गर्नुे अवस्था सिर्जना भएको छ’, उनले भने, ‘सरकारको असहयोगका कारण सवारीसाधन नै बन्द गर्नुपर्न अवस्था आउनु समग्र यातायात क्षेत्रमा दुखद हो ।’ विद्युतीय बस चलाउने वातावरण तयार गर्न सरकारले लिएको नीति नै कार्यान्वयन नहुँदा हामी सेवा दिन नसक्ने अवस्थामा पुगेका थापाले बताए ।

विद्युत नियमन आयोगको २०७८ कात्तिक ७ गतेको बैठकले गरेको निर्णय अुनसार प्राधिकरणले चार्जिङ स्टेसन डिमाण्ड हटाउने निर्णय गरेको थियो । सुन्दर टेड्रर्सले अहिले विद्युतीय स्कुटर, बस, कार, मिनी बसहरू बिक्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३