विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रिडी हाइड्रो पावर डेभलपमेन्ट र रैराङ हाइड्रो पावर डेभलपमेन्ट कम्पनी एकआपसमा गाभिने भएका छन् । विद्युत नियमन आयोगले दुई कम्पनीलाई एकापसमा गाभिनका लागि स्वीकृति प्रदान गरेको छ । आयोगको गत वैशाख २६ गते बसेको १५६ औँ बैठकले गाभिनका लागि सहमति दिएको हो ।

एउटै लगानीकर्ता रहेकाे यी जलविद्युत कम्पनीले एक आपसमा गाभिनका लागि आयोगसँग अनुमति मागेका थिए । यही क्रममा यी कम्पनीबीच गाभिने सम्झौता भएको छ । ती कम्पनी गाभिएपछि कूल संयुक्त चुक्ता पुँजी १ अर्ब १४ करोड ५५ लाख ५८ हजार रुपैयाँ कायम हुनेछ ।

आयोगले प्रचलित कानुनबमोजिम लाभकरलगायत अन्य कर बुझाउनुपर्ने भएमा सम्बन्धित निकायका सो कर बुझाउनुपर्नेछ । कम्पनीले आयोगबाट समय सयममा जारी भएको मापदण्ड, संहिता तथा संस्थागत सुशासनसम्बन्धी निर्देशन पालना गर्नुपर्नेछ ।

कम्पनी गाभिने सम्बन्धमा अन्य प्रचलित ऐन, नियमावली वा निर्देशिका र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको व्यवस्था पालना गर्नुपर्ने भएमा सोकोसमेत पालना गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit