विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चितवनको आँपटारीमा निर्माण गरेको १३२ केभी न्यू–भरतपुर सबस्टेसन शुक्रबार (साउन २१) देखि चार्ज भएको छ । निर्माण सुरु भएको करिब १२ वर्षमा सबस्टेसनको निर्माण पूरा भएको हो ।

लामाे समयदेखि समस्यामा रहेकाे सबस्टेसन वितरण केन्द्रकाे समन्वय र सहयाेगमा पूरा भएकाे भरतपुर वितरण केन्द्रका प्रमुख राजीव सिंहले बताए । 'ठेकेदारकाे लापरबाहीले निर्माणमा ढिलाइ भएकाे थियाे, यसमा हामीले पनि समन्वय गरिदयाैं,' उनले भने, 'यसले प्रणाली सुधार र गुणस्तरीय आपूर्तिमा ठूलाे मद्दत गर्नेछ ।'

शुक्रबार (हिजो) देखि लोड दिएर सबस्टेसन चार्ज गरिएको आयोजना प्रमुख नरेशकुमार खड्गाले बताए । उनका अनुसार यसकाे निर्माण २०६६ असोजमा ठेक्का सम्झौता भई सुरु भएको थियाे । सबस्टेसन चार्ज भएपनि हेटौडा भरतपुर प्रसारण लाइनको २ सय ४६ वटा टावरमध्ये दुम्कीबास क्षेत्रमा २ वटा टावर निर्माण हुन नसक्दा यो लाइनबाट भने विद्यूत प्रवाह गर्न नसकिएको पनि खड्काले बताए । लाइनको २ सय ४४ वटा टावर पूरा भएको छ ।

स्थानीयले टावर निर्माणमा अवरोध गरी सर्वोच्च अदालत काठमाडौंमा मुद्धा हाली स्टेअर्डर (काम रोकेको) गराएको हुदा प्राधिकरणले काम अघि बढाउन नसकेको खड्काले बताए । जसले गर्दा प्राधिकरणलाई करोडौ रुपैयाँ घाटा हुन पुगेको छ ।

सबस्टेसनमा २२.५ एमभीएको ट्रान्सफर्मर जडान गरी सञ्चालन गरिएको छ । दमौली–भरतपुर र मर्स्याङ्दी–भरतपुर प्रसारण लाइनबाट आएको विद्युत यही सबस्टेसनमा जोडिएको छ ।

करिब १२ वर्षअघिदेखि निर्माण सुरु भएको आयोजना ठेकेदारको लापरबाही र निर्माण अयोजनाका कर्मचारीकै कमजोरीले गर्दा निर्माणमा ढिलाइ भएको थियो । सबस्टेसन सञ्चालन हुँदा प्रविधिक चुहावट घट्ने छ । भरतपुरका ग्राहकले पनि दिगो, गुणस्तरीय र भरपर्दो विद्युत सेवा पाउनेछन् ।

अहिले भरतपुर महानगरपालिका–११ भोजाडमा रहेको भरतपुर सवस्टेसनबाट विद्युत वितरण हुँदै आएको छ । भरतपुर सवस्टेसनले लोड धान्न नसकेको अवस्थामा न्यू–भरतपुर सवस्टेसन चार्ज हुँदा भरतपुरको विद्युत लोडलाई धान्ने भरतपुर वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भरतपुरको देवनगरमा पनि २४ एमभीएको सवस्टेसन निर्माण हुँदैछ ।

निर्माणाधिन अवस्थामा रहेको हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइनको ४ वटा सवस्टेसनमध्येको मुख्य सबस्टेसनको रुपमा न्यू–भरतपुर सबस्टेसनको काम सम्पन्न गरी सञ्चालन गरिएको हो । प्रसारण लाइन अन्तर्गतको सबस्टेसनको काम चीनको झोङडिङ इन्टरनेशनले कम्पनीले गरिरहेको छ । सबस्टेसन प्राधिकरण र विश्व बैंकको सयुक्त लगानीमा निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit