विद्युत अपडेट

  • प्राधिकरण : १००११ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३४८१ मे.वा.घन्टा
  • निजी क्षेत्र : २८४८८ मे.वा.घन्टा
  • आयात : १०८२ मे.वा.घन्टा
  • निर्यात : ६७३५ मे.वा.घन्टा
  • ट्रिपिङ : ७०० मे.वा.घन्टा
  • ऊर्जा माग : ५३७६१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३६ मे.वा.
२०८२ असार १०, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङको दोर्दी गाउँपालिकाको छ्याङ्दी खोलामा निर्माण सम्पन्न ४ मेगावाटको माथिल्लो छ्याङ्दी खोला जलविद्युत आयोजनाको आन्तरिक परीक्षण पूरा भएको छ । २०७६ वैशाख देखि निर्माण सुरु भएको आयोजना सम्पन्न गरी आन्तरिक परिक्षण पूरा भएको हो ।

आयोजनाको संरचनामा पानी भरेर परीक्षण गरेको छ्याङदी हाइड्रोपावर कम्पनीका कार्यकारी अधिकृत एलबी थापाले बताए । ‘आयोजना सम्पन्न भएपछि एक चरणको परीक्षण पूरा गरेका छौं,’ उनले ऊर्जाखबरसँग भने, ‘अब नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले परीक्षण गरेपछि ग्रिडमा जोडिनेछ ।’

नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद सम्झौता (पिपिए) अनुसार आयोजनाबाट २०७८ साउनदेखि विद्युत् उत्पादन गर्ने तालिका थियो । तर, विभिन्न समयमा भएको बाढी र पहिरोजस्ता विपद्जन्य घटनाले  निर्माणमा ढिलाइ भएको आयोजनाले जनाएको छ ।

अब, आयोजनाको आन्तरिक परिक्षण सफल भएकोले असोजको पहिलो साताभित्र उत्पादन सुरु गर्ने योजना छ । आयोजनाबाट उत्पादन भएको विद्युत प्राधिकरणको उदिपुर सबस्टेसनमा जडान गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । 

आयोजना ८० करोड ३५ लाख रुपैयाँमा निर्माण पूरा भएको छ । आयोजनामा बैंक अफ काठमाडौं र कुमारी बैंकले ७५ प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी २५ प्रतिशत स्वपुँजी लगानी गरेका छ ।

 प्राधिकरणको नयाँ मापदण्डअनुसार बर्खायाममा प्रतियुनिट ४.८० पैसा र हिउँदमा प्रतियुनिट ८.४० पैसाको दरमा पीपीए भएको आयोजनाले जनाएको छ । आयोजनाबाट वार्षिक २२.३०६ गिगावाट घन्टा विद्युत् उत्पादन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३