विद्युत अपडेट

  • प्राधिकरण : ६५१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४७१२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १३१७४ मे.वा.घन्टा
  • आयात : ८९६२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९४० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५२९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७७८ मे.वा.
२०८२ ब‌ैशाख १८, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । विद्युत् नियमन आयोगमा सहनिर्देशकदेखि वरिष्ठ सहायकसम्म ११ जनालाई रोजगारी खुलेको छ । आयोगले रिक्त रहेका ११ वटा पदमा पदपूर्तिका लागि शुक्रबार योग्य उम्मेद्‌वारबाट दरखास्त आह्वान गर्दै विज्ञापन खोलेको हो । 

विज्ञापनअनुसार आयोगले ९ तहको सहनिर्देशक पदका लागि इलेक्ट्रिकल इञ्जिनियरिङ सेवातर्फ १ तथा सोही पदका लागि हाइड्रोपावर सेवातर्फ १ जनाको पदपूर्ति गर्ने भएको छ । त्यस्तै, ७ तहको हाइड्रोलोजिष्ट पदमा हाइड्रोलोजी इञ्निनियरिङ सेवातर्फ १, इञ्निनियर पदमा हाइड्रोपावर इञ्निनियरिङतर्फ १, इलेक्ट्रिकल इञ्निनियर १ जनाको पदपूर्ति गर्ने भएको छ । 

वित्त प्रशासन सेवातर्फ ७ तहमा १ जना वित्त अधिकृत, सोही तहमा सूचना प्रविधि अधिकृत १, वातावरणविद् १ जना, कानुन अधिकृत एक जनाको पदपूर्ति गर्ने भएको छ । त्यस्तै,  सामान्य प्रशासन सेवातर्फ ६ तहको एक जना सहायक प्रशासकीय अधिकृत र ५ तहको वरिष्ठ सहायक १ जनाको पदपूर्ति गर्ने जनाएको छ । 

योग्य उम्मेद्‌वारले यी पदमा लोकसेवा आयोगले लिने परीक्षामा प्रतिस्पर्धा गर्न आउँदो जेठ १ गतेसम्म र दोब्दर दस्तुर बुझाएर जेठ ८ गतेसम्म दरखास्त दिन पाउने आयोगले जनाएको छ । 

यस्तो छ विज्ञापनको सूचना

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३