विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ‘हेम बहादुर मल्ल’ सम्मान पुरस्कार सुर्यनाथ उपाध्यायलाई प्रदान गरिने भएको छ । नेपाल जन प्रशासन संघ र साल्ड ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्रदान गर्ने सम्मान पुरस्कार उपाध्यायलाई प्रदान गर्न लागिएको हो । 

संघले ख्याती प्राप्त प्रशासक एवं व्यवस्थापक स्व. हेम बहादुर मल्लले साल्ट ट्रेडिङको नेतृत्वमा रही उत्कृष्ट योगदान पुर्याएवापत निजको सम्झनामा स्थापना भएको पुरस्कार उपाध्यायलाई प्रदान गर्न लागिएको छ ।

उपाध्ययले राज्यको उच्च ओहदामा रहि सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनका क्षेत्रमा राष्ट्रको छवि उच्च राख्न सफल भएको, नेतृत्व क्षमता प्रदर्शन गरेको, सार्वजनिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको र अन्तराष्ट्रिय क्षेत्रमा नेपाली पहिचानलगायत उल्लेखनिय योगदान पुर्याएकावाफत सम्मान गर्ने निर्णय भएको संघका अध्यक्ष कृष्णहरी बास्कोटाले बताए । उनका अनुसार कदरपत्रसहित २ लाख रुपैयाँ नगद प्रदान गरिनेछ ।

यो सम्मान आगामी ११ गते (आइतबार) राष्ट्रपतिद्धारा प्रदान गरिनेछ । यसअघि केदारभक्त माथेमा, चादनी जोशी, डा. भगवान कोईराला, डा.बिमल कोइराला, महाविर पुन, भोजराज पोखरेल, सन्दुक रुइत, कुलमान घिसिङ, दमननाथ ढुंगाना, डा.सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा.देवेन्द्रराज पाण्डे, र डा.गौरीशंकर लाल दास सम्मानित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit