विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बिज बेल प्रालिका संस्थापक समेत रहेका युवा जलविद्युत उद्यमी सुशील पोखरेल अन्तर्राष्ट्रिय जलविद्युत संघ (आइएचए) को सञ्चालक सदस्यमा वर्ष २०२३–२५ का लागि निर्वाचित भएका छन् । नेपालका उद्यमी यो तहको अन्तर्राष्ट्रिय मञ्चमा प्रवेश गरेको सम्भवतः पहिलो पटक हो ।

पोखरेल जलविद्युतको अन्तर्राष्ट्रिय मञ्चमा उक्लेपछि यसले नेपालमा ठूला र रणनीतिक महत्वका परियोजना विकासमा अपेक्षित सहयोग पुग्ने आशा गरिएको छ । स्वच्छ ऊर्जाप्रति दूरदृष्टि राखेर काम गरिरहेका उनले अब आइएचए अन्तर्गत २८ देशको समेत प्रतिनिधित्व गर्नेछन् ।

ती अन्तर्राष्ट्रिय मुलुकसँग जोडिँदै गर्दा नेपालको पहिचान विस्तार हुँदै जाने तथा यहाँको ऊर्जा तथा जलविद्युत विकासमा विदेशी साझेदार भित्र्याउन मद्दत पुग्ने देखिन्छ । आइएचएमा उनको प्रवेशलाई विश्वव्यापी रूपमा जलविद्युत विकास गर्दै जाने र गरिरहने समपर्णको प्रमाण पनि मान्न सकिन्छ ।

६ वटा महादेशबाट प्रतिनिधित्व गरेर आएका जलविद्युत क्षेत्रमा लामो अनुभव बटुलेका उम्मेदवारहरू मध्येबाट सञ्चालक निर्वाचित गरिएको थियो । त्यसमा पोखरेलले सफलता हासिल गर्नुलाई सिंगो देशकै गौरवको रूपमा समेत लिन सकिन्छ ।

पोखरेलले आइएचए सञ्चालकको रूपमा आफ्नो पहिलो सहभागिता यसै वर्ष (सन् २०२३) इण्डोनेसियाको बालीमा हुन गइरहेको ‘विश्व जलविद्युत सम्मेलन’मा जनाउनेछन् । निर्वाचन समारोहमा बोल्दै आइएचएका प्रमुख कार्यकारी अधिकृत एडी रिचले भने, ‘जलविद्युत विकासबिना विश्वमा फैलिँदै गएको जलवायु परिवर्तनको असर र यसको चुनौतीलाई साम्य पार्न सकिँदैन ।’

जहाँसम्म आउने दशकमा अन्य राष्ट्रहरूको तुलनामा मध्य तथा दक्षिण एसियाली देशहरूले जलविद्युत विकासलाई तीव्रता दिने विश्वास गरिएको छ । यसै सन्दर्भलाई जोड्दै रिचले आइएचएमा पोखरेल निर्वाचित हुनुले आफूलाई नै हर्षित तुल्याएको र यो दक्षिण एसियाकै लागि गर्वको कुरा रहेको बताए ।

सोही क्रममा आइएचएका नवनियुक्त सञ्चालक पोखरेलले दक्षिण एसियामा उपयोगमा आउन बाँकी जलविद्युत स्रोतलाई सदुपयोग गर्ने उचित र महत्त्वपूर्ण क्षण आएको बताए । ‘यिनै स्रोतहरूको सकारात्मक दोहनबाट हामीले जलवायु परिवर्तनको असर न्यूनीकरणमा सफलता प्राप्त गर्न सक्छौं,’ उनले भने, ‘सन् २०५० सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्यसम्म पुग्न पनि हामीलाई जलविद्युतले ठूलो मद्दत गर्नेछ ।’

सन् २०३५ सम्म १००० मेगावाट जलविद्युत उत्पादनको महत्त्वाकांक्षी लक्ष्य लिएर अगाडि बढिरहेका पोखरेलले यो क्षेत्रले नै राष्ट्रको आर्थिक विकासमा अग्रगामी भूमिका खेल्ने अठोट लिएका छन् । बिज बेलमार्फत उनले विश्वका अनेक देशहरूमा फैलिँदै गएको आफ्नो अनुभव र ज्ञानलाई विस्तार गर्ने बाचा समेत गरेका छन् । साथै, ऊर्जा विकासमा चामत्कारिक परिवर्तन ल्याउनका लागि जलवायु परिवर्तनका असर न्यूनीकरण तथा कार्बन उत्सर्जन घटाउँदै नेपालमात्र नभएर दक्षिण तथा मध्य एसियासम्म आफूले काम गर्ने उनको प्रतिबद्धता रहेको छ ।

आइएचए अन्तर्राष्ट्रियस्तरमा सञ्जाल विस्तार गरिरहेको एउटा गैरनाफामूलक संस्था हो । यसले, विश्वभर स्वच्छ ऊर्जा विकासको पैरवी गर्दै दिगो जलविद्युत उत्पादनको आवाजलाई बुलन्द बनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३