विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दोलखामा निर्माणाधीन ११ मेगावाटको तल्लो खारेखोला जलविद्युत आयोजनाको उत्पादन असोजमा सरेको छ । आयोजनाको विद्युतगृह र प्रसारण लाइनको काम पूरा भइनसकेकाले उत्पादन धकेलिएको हो ।

विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम नसकिएकाले विद्युत उत्पादन तालिका असोजमा सारेको प्रवर्द्धक युनिभर्सल पावर कम्पनीका सञ्चालक विनय भण्डारीले बताए । उनका अनुसार गत वर्षको बर्खाको बाढीले विद्युतगृहमा जडित उपकरणमा क्षति पुगेपछि नयाँ उपकरण आयात गरेर जडान गर्ने कार्य भइरहेको छ ।

‘आयोजना त एक वर्षअघि नै सम्पन्न भइसकेको हो,’ उनले ऊर्जा खबरसँग भने, ‘जडान भइसकेका इलेक्ट्रोमेकल उपकरणमा बाढीले प्रयोग गर्न नमिल्ने गरी क्षति गरेकाले फेरि आयात गरेर जडान गर्नु परेकाले समय लागेको हो ।’ उनले विद्युतगृहमा उपकरण जडान गर्न अझै ३ साता लाग्ने बताए ।

आयोजनाको विद्युतगृहदेखि १३२ केभी सिंगटी सबस्टेसनसम्मको प्रसारण लाइनको काम पनि सकिएको छैन । प्रसारण लाइनको १३ मध्ये ४ वटा टावर ठड्याउन बाँकी छ । तार तान्ने काम आधा सकिएको छ । 

विद्युतगृह र प्रसारण लाइनको काम सकिएपछि मात्रै आयोजनाको परीक्षण सुरु गरिने भण्डारीले बताए । आयोजनाको विद्युत प्रवाह हुने १३२ केभी सिंगटी–लामोसाँघु प्रसारण लाइन नेपाल विद्युत प्राधिकरणले सञ्चालनमा ल्याइसकेको छ । 

यसअघि आयोजनाबाट गत असारदेखि विद्युत उत्पादन हुने तालिका थियो । तर, निर्माण लम्बिएपछि उत्पादन तालिका पनि सरेको छ ।

आयोजना सञ्चालनमा आएपछि सुख्खायाममा १ करोड १५ लाख २७ हजार २ सय किलोवाट र बर्खायाममा ५ करोड १२ लाख ४ हजार ५ सय ५१ किलोवाट गरी वार्षिक ६ करोड २७ लाख ३१ हजार ६ सय ५१ किलावाट विद्युत उत्पादन हुनेछ ।

आयोजना पूरा हुँदा २ अर्ब ४ करोड रुपैयाँ खर्च हुने अनुमान छ । तर,  कोरोना (कोभिड–१९) महामारी, बाढीकाे क्षति लगायत कारणले निर्माण लम्बिँदा लागत बढ्ने  देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३