विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नुवाकोटको तादी खोलामा रहेको बुद्धभूमि हाइड्रो पावर कम्पनीको ५ मेगावाटको तादी खोला जलविद्युत केन्द्रको उत्पादन ३ दिनदेखि बन्द छ । साउन २४ गते तादी खोलामा आएको भीषण बाढीले बाँध क्षेत्रको संरक्षण पर्खाल र स्विच गेटमा क्षति पुर्याएपछि बन्द भएको उत्पादन अझै सुचारु हुन नसकेको हो ।

आयोजनाको बाँधमा बाढीले सामान्य क्षति पुर्याएपछि २४ गतेदेखि उत्पादन बन्द भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार स्विचगेट पनि बालुवा, ढुङुगा थुप्रिएकोले खोल्न सकिएको छैन् ।

बाढीले बगाएर ल्याएको ढुङ्गा, बालुवा झिकेर सरसफाई गरेर उत्पादन गर्न अझै २ साता समय लाग्ने पनि कम्पनीले जनाएको छ । अहिले सरसफाई गर्ने संरक्षण पर्खालको पुन निर्माणको काम भइरहेको छ ।

यो केन्द्र फुल लोड (५ मेगावाट) मा सञ्चालन भइरहेको थियो । बाढीले क्षति पुर्याइ उत्पादन आगामी २ सातासम्म बन्द हुँदा करिब ७५ लाख रूपैयाँको आम्दानी गुम्ने भएको छ । याे केन्द्रबाट मासिक डेढ कराेड रूपैयाँ बराबरकाे विद्युत उत्पादन भइरहकाे थियाे ।

यो आयोजनाको विद्युत गत फागुनदेखि प्रणालीमा जोडिएको हो । आयोजनाको विद्युत २ किलोमिटर दुरीमा नेपाल विद्युत प्राधिकरणको समुन्द्रटार सबस्टेसनमा जोडिएको छ । सबस्टेसनसम्मको आवश्यक लाइन कम्पनी आफैले निर्माण गरेको हो ।

२०७४ देखि निर्माण सुरु भएको आयोजनाबाट २०७६ मा नै विद्युत उत्पादन गर्ने तालिका थियो । तर, प्राधिकरणले सबस्टेसन निर्माणमा गरेको ढिलाई र विश्वव्यापी रुपमा फैलिएको महामारीका कारण भएको निषेधाज्ञाले गर्दा प्रभावित भई सम्पन्न गर्न ढिला भएको हो ।

आयोजना सम्पन्न गर्न १ अर्ब १९ करोड रुपैयाँ लागत अनुमान गरिए पनि उत्पादन ढिला हुँदा लागत बढेको कम्पनीले जनाएको छ । आयोजनामा सिद्धार्थ बैंकको अगुवाईमा माछापुच्छ्रे, बैंक अफ काठमाडौं, एनसीसी बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी छ ।

तादी बेसिनमा यो आयोजनासँगै थप २५ मेगावाटका ४ जलविद्युत आयोजना निर्माणको विभिन्न चरणमा छन् । निजी क्षेत्रले अनुमतिपत्र लिएर स्वदेशी लगानीमा ३ देखि ११ मेगावाट क्षमताका जलविद्युत आयोजना निर्माण अघि बढेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit