विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मान्डु हाइड्रो पावर लिमिटेड र मिड सोलु हाइड्रो पावर लिमिटेडले सेयर निष्कासन अनुमति पाएको छ । कम्पनीले असार १८ गते (सोमबार) प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न अनुमति पाएको हो । 

मान्डु हाइड्रो पावर कम्पनी लिमिटेडले जारी पूँजी ३३ करोड ७० लाख ९२ हजार २ सय २० रुपैयाँ रकम बराबरको सय रुपैयाँ अंकितमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरले १६ लाख ३६ हजार ३ सय ७० कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीले पहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि निष्कासन तथा बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिनेछ । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको २२ मेगावाटको बागमती जलविद्युत आयोजनाले निरन्तर विद्युत उतपादन गरिरहेको छ ।  

यसैगरी, मिड सोलु हाइड्राले पावरले जारी पूजी १४ करोड ९६ लाख ८० हजार रकम बराबरको सय रुपैयाँ अंकित १४ लाख ९६ हजार ८ सय कित्ता साधरण सेयर निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनआईसी एसिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको सोलुखुम्बुमा ९.५ मेगावाटको मध्य सोलु जलविद्युत आयोजना निर्माणाधीन छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit