विद्युत अपडेट

  • प्राधिकरण : ६७२७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४४०४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२८०५ मे.वा.घन्टा
  • आयात : ११९२० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८९५७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २००२ मे.वा.
२०८१ चैत १८, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्व तथा वर्तमान कार्यकारी निर्देशक आ–आफ्नो न्याय निरूपणका लागि रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । हितेन्द्रदेव शाक्य र कुलमान घिसिङ दुवैले न्यायका लागि सर्वोच्चको ढोका ढक्ढक्याएका हुन् ।

मन्त्रिपरिषद्को चैत ११ गते बसेको बैठकले घिसिङलाई पदमुक्त गरी शाक्यलाई प्राधिकरण नेतृत्वको जिम्मेवारी दिने निर्णय गरेको थियो । शाक्यले हिजो १२ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काबाट पद तथा गोपनियताको सपथ लिएर पदभार ग्रहण गरेका थिए ।

प्राधिकरणमा वरिष्ठताका आधारमा कामु–कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिरहेका शाक्यलाई तत्कालीन मन्त्रीपरिषद्को २०७७ साल माघ २६ गते सोमबारको बैठकले बढीमा ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । केपी शर्मा ओलीकै सरकार रहँदा नियुक्ति भएका उनी ६ महिना नपुग्दै सत्ता समीकरणको शिकार बन्न पुगेका थिए ।

सरकारले आफूलाई अन्याय गरेको र त्यसविरुद्ध अन्तरिम आदेश जारी गरी पाउँ भन्दै शाक्यले २०७८ साल साउन ३२ गते सर्वोच्चमा रिट दायर गरेका थिए । उनको रिटको ३२ पटकसम्म पेशी तोकियो तर फैसला हुन सकेन । यही मुद्दा छिटो फैसला गरिदिन माग गर्दै रिट दायर गरेको उनले जानकारी दिएका छन् ।

उता, प्राधिकरणको कार्यकारी निर्देशकबाट आफूलाई पदमुक्त गर्ने सरकारको निर्णयविरुद्ध घिसिङले सर्वोच्चमा रिट दायर गरेका छन् । घिसिङ उनै व्यक्ति हुन्, जो शाक्य पदमै हुँदा राजनीतिक दबाब र शक्तिको प्रयोग गरेर दोस्रो पटक प्राधिकरणको जिम्मेवारीमा आएका थिए । उनको निवेदनको विषयमा बिहीबारमात्र बहस हुने जनाइएको छ ।

रिटमा उनले आफूलाई हटाउने निर्णय बदर गरी तत्काल कामकारबाही गर्न दिनका लागि अन्तरिम आदेशको माग गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय लगायतलाई विपक्षी बनाइएको रिट घिसिङका तर्फबाट अधिवक्ता लोकमणि पोखरेलले पेश गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३