विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । खोटाङ जिल्लाको विद्युत आपूर्तिको गुणस्तर सुधार तथा प्रणाली स्तरोन्नति गर्ने उदेश्यले केपिलासगढी गाउँपालिका–४ वाक्सिलास्थित सिम्पानीमा निर्माणाधीन सबस्टेसन साढे ६ वर्षदेखि अलपत्र परेको छ । नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत निर्माणाधीन सबस्टेसन अलपत्र परेको हो ।

तीन वर्षमा सम्पन्न गर्नेगरी २०७३ भदौमा भारतीय निर्माण व्यवसायी कम्पनी एटुजेड इन्फ्रा इञ्जनियरिङ लिमिटेडले सम्झौता गरेको सबस्टेसन हालसम्म पूरा नभएको प्राधिकरणले जनाएको छ । ठेकेदारले बुइपा–बाक्सिला ३३ केभी र ११ केभी प्रशारण लाइनको काम पूरा गरे पनि ट्रान्सफर्मर थप गर्ने र सबस्टेसन निर्माणको काम अलपत्र पारेर सम्पर्कविहीन भएको स्थानीयले बताए ।

सम्झौता अनुसार २०७६ मै बनिसक्नुपर्ने सबस्टेसनको क्वाटर र कन्ट्रोल विल्डिङको काम अहिलेसम्म पनि पूरा भएको छैन । निर्माणस्थलमा सबस्टेसनको विद्युतीय उपकरण ल्याइए पनि जथाभावी खुला चौरमा थुपारिएका कारण कतिपय उपकरण टुटफुट र काम नलाग्ने बनेका छन् ।

सबस्टेसनको बाँकी काम पूरा गराउन पटक पटक विद्युत् प्राधिकरणले निर्देशन दिँदा पनि सुनुवाइ नभएको केपिलासगढी गाउँपालिका अध्यक्ष प्रमुख समीर राईले बताए । निर्माण सुरु भइ आधाभन्दा बढी काम सम्पन्न भएपछि ठेकेदारले काम नगरेपनि आयोजना अलपत्र परेको प्राधिकरणले जनाएको छ ।

सम्झौता म्यादभित्र सबस्टेसन लगायतका संरचना निर्माणको काम नसकिएपछि भेरिएसन गर्दै पटक पटक म्याद थप पनि भएको छ । बाक्सिलामा निर्माणाधीन सबस्टेसन सञ्चालन नहुँदा उत्तरी क्षेत्रमा विद्युत् प्रवाहमा समस्या भइरहेको छ । आयोजना सम्पन्न गर्न करिब ११ करोड रुपैयाँ खर्च हुने प्राधिकरणको अनुमान छ ।

जिल्लाको हलेसी र दिक्देल नगरपालिका, रावावेसी, एैसेलुखर्क, केपिलास गढी गाउँपालिकामा विद्युत सेवा गुणस्तरका लागि यो सबस्टेसनको निर्माण सुरु गरिएको हो ।

सबस्टेसन नबन्दा विद्युत चुहावट बढ्ने, भोल्टेजमा समस्या हुने जस्ता समस्या भइरहेको छ । अहिले यी स्थानमा दिक्देल सबस्टेसनबाट निस्केको १३० किलोमिटर लामो हलेसी फिडरबाट सेवा विस्तार भइरहेको छ । वाक्सिला सबस्टेसन निर्माण भई सञ्चालनमा आएपछि  चुहावट, भोल्टेजको समस्या समाधान हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit