विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ फाल्गुण २२, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

तनहुँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले देशलाई समृद्ध बनाउने बाटोमा सरकार लागिपरेको बताएका छन् । तनहुँको भानु नगरपालिका–१ डुम्रे भन्सार बजारमा बुधबारदेखि सञ्चालित चौथो डुम्रे सांस्कृतिक तथा व्यापारिक महोत्सव २०८१ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई समृद्ध बनाउने मुख्य बाटो नै ऊर्जा र जलस्रोत रहेको बताएका हुन् ।
 
उनले भने, ‘वर्तमान सरकार समृद्धिको बाटोमा लागिसकेको छ, ऊर्जा र जलस्रोतको उपयोग गर्दै देशलाई दीर्घकालीन समृद्ध बनाउने लक्ष्यमा छौँ ।’ उनले दुई ठूला राजनीतिक दल मिलेर सरकार दीर्घकालीन समृद्धितर्फ लागिसकेको बताए । मन्त्री खड्काले सुस्ताएको व्यापारलाई चलायमान बनाउन व्यापारिक मेला, महोत्सवले मुलुकलाई समृद्ध बनाउन टेवा पुग्ने बताए ।
 
‘ऊर्जा र जलस्रोतको माध्यमबाट मात्रै देशलाई दीर्घकालीन समृद्ध बनाउन सम्भव छ’, उनले भने, ‘समृद्धिको यात्राका लागि भरपर्दो र विश्वासिलो सरकार आवश्यकता थियो, अस्थिर सरकारका कारण व्यापारिक गतिविधि नै अलमलमा थियो, दुई ठूला राजनीतिक दलको समन्वयले देशलाई समृद्ध बनाउने छौँ ।’
 
स्थानीय पर्यटकीय तथा व्यापारिक क्षेत्रको प्रचारप्रचार र प्रवर्द्धनका लागि यस्ता मेला, महोत्सवले सहयोग पुग्ने उनको भनाइ छ । कार्यक्रममा राष्ट्रियसभा सदस्य भगवती न्यौपाने, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले सुस्ताएको व्यापारलाई चलायमान बनाउन यस्ता मेला, महोत्सवले सहयोग पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३