काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र ग्रिन हाइड्रोजन र ग्रिन एमोनिया प्रविधि प्रयोग गरी रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । अर्थ मन्त्री जनार्दन शर्माले जेठ १५ गते संसदको दुवै सदनमा बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।
मल कारखाना स्थापना गर्न लगानी बोर्ड नेपालमार्फत काम अगाडि बढाइने भएको छ ।