काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ८ कर्मचारीलाई सहायक निर्देशकमा बढुवा गरेको छ । प्राधिकरणले ज्येष्ठता र कार्यसम्दान मूल्यांकन र कार्यक्षमता मूल्यांकनका आधारमा यी कर्मचारीको बढुवा गरेको हो ।
बढुवाको लागि सिफारिस गर्ने पदपूर्ति समितिको मंसिर १७ गते (शनिबार) को निर्णय अनुसार यी कर्मचारीलाई ८ तह अर्थात सहायक निर्देशकमा बढुवा गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा ६ र कार्यक्षमता मूल्यांकनका आधारमा २ कर्मचारीको बढुवा गरिएको छ ।
कार्यसम्पादनका आधारमा सर्वजित कुमार चौधरी, यशोदा तामाङ, पद्मा पौडेल, शिवराज पोखरेल, राजन फुयाल र मदन पौडेललाई ७ तहबाट ८ तहमा बढुवा गरिएको छ । यस्तै, कार्यक्षमता मूल्यांकनका आधारमा काशिनाथ दाहाल र अन्जना रोकालाई बढुवा गरिएको छ ।