विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर २८, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । जर्मन सहयोग नियोग (जिआइजेड) को सहयोगमा सञ्चालित 'नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम–नेपालमा दिगो ऊर्जामार्फत पुनर्प्राप्ति एवम् सशक्तीकरण (रिप–ग्रीन)' कार्यक्रमले विभिन्न राष्ट्रिय सञ्चार माध्यममा रहेर ऊर्जा क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि २ दिने अभिमुखीकरण तालिम कार्यक्रम सम्पन्न गरेको छ । समग्र ऊर्जा क्षेत्रको विकासका लागि सही सूचना तथा तथ्य सम्प्रेषणमा पत्रकारको भूमिका महत्त्वपूर्ण हुने भएकोले उनीहरूको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिएको रिप–ग्रीनका वरिष्ठ ऊर्जा विज्ञ डा. नारायण चौलागाईले बताए ।  

कार्यक्रममा विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले ‘नियामकीय उपकरण, नीतिहरू र क्षेत्रगत सुधार’, नेपाल सरकारका पूर्व–सचिव दिनेशकुमार घिमिरेले ‘नीतिगत सुधार, विद्युत् विधेयक तथा कार्यान्वयनका चुनौतीहरू’, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताका लागि भायबलिटी ग्याप फन्डिङको भूमिका’ विषयमा प्रशिक्षण दिएका थिए ।

त्यस्तै, नेपाल विद्युत् प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक शेरसिंह भाटले ‘ऊर्जा क्षेत्रका प्राविधिक, कानुनी तथा सीमापार आयाम’, ग्रीन इनर्जी आन्ट्रप्रेनर्स नेपाल (ग्रीन) का अध्यक्ष सूर्यप्रसाद अधिकारीले ‘संस्थागत कार्यक्षमता र निजी क्षेत्रका सरोकार’, नवीकरणीय ऊर्जा परिसंघ नेपालका अध्यक्ष ऊर्जाविद् कुशल गुरुङले ‘जलवायु कार्य, कोपका उपलब्धि र कार्बन व्यापार’ विषयमा प्रशिक्षण दिए । 

त्यस्तै, कानुनविद् सेमन्त दाहाले ‘ऐन, नियमावली, विनियमावली तथा निर्देशिका : तुलनात्मक विश्लेषण तथा सम्बन्धित पक्षका सरोकार’ एनएमबी कैंकका दिगो बैंकिङ प्रमुख दिनेश दुलालले ‘बैंकिङ क्षेत्र, लगानीका चुनौती तथा वित्तीय नीतिहरू’, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रवक्ता मुराहरि पराजुलीले ‘पुँजी बजार नियमन तथा ऊर्जा क्षेत्रका पब्लिक कम्पनीको नतिजा,’ वरिष्ठ ऊर्जा विज्ञ डा. नारायण चौलागाईले ‘ऊर्जा व्यवस्थापन, दक्षता तथा कार्बन उत्सर्जन न्यूनीकरण’ जस्ता विषयमा प्रशिक्षण दिएका थिए ।

काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा मंसिर २६ र २७ गते भएको तालिम कार्यक्रममा २१ जना पत्रकारलाई १० जना विषय विज्ञले ऊर्जासँग जोडिएका विभिन्न विषयमा प्रशिक्षित गरेका थिए । कार्यक्रममा विषयविज्ञहरूले नेपालको ऊर्जा क्षेत्रको विषयका लागि कानुनी तथा प्रक्रियागत झमेला घटाउनुपर्ने, एकद्वार नीतिमा अघि बढ्नुपर्ने, दोहोरिएका नियामकीय कानुन तथा निकायलाई खारेज गरी एकीकृत अवधारणा अनुसार कार्यान्वयन लानुपर्ने जस्ता धारणा राखेका थिए ।

तालिमको समापन समारोहमा आफ्नाे धारणा राख्दै रिप–ग्रीनका वरिष्ठ ऊर्जा विज्ञ चौलागाईले ‘सूचना नदिनु भन्दा गलत सूचना दिनु घातक हुने’ भएकाले ऊर्जा क्षेत्रमा कलम चलाउने पत्रकारहरूले सही तथ्य, तथ्याङ्क तथा सूचनाको सम्प्रेषणमा जोड दिनुपर्ने बताए । साथै उनले आगामी दिनमा पनि यस्ता तालिम कार्यक्रमको आयोजना गर्न रिप–ग्रीनले अग्रसरता लिने तथा अन्य निकायले आयोजना गर्ने तालिममा सहयोग गर्न समेत आफूहरू तयार हुने बताए । 

ऊर्जा खबरका सम्पादक लक्ष्मण वियोगीले संयोजन तथा सञ्चालन गरेको कार्यक्रममा आफ्ना अनुभव राख्दै वरिष्ठ पत्रकार कृष्ण अधिकारीले तालिमबाट ऊर्जा क्षेत्रमा कलम चलाउने पत्रकारलाई महत्त्वपूर्ण सिकाइ भएको बताए ।

त्यस्तै, तालिम कार्यक्रमको समापन कार्यक्रममा आफ्ना अनुभव सुनाउँदै पत्रकार रामप्रसाद पुडासैनीले यस्ता तालिम तथा अभिमुखीकरण कार्यक्रमले नै पत्रकारलाई दक्ष बनाउँदै लैजाने बताए । तालिममा महत्त्वपूर्ण सिकाइ उपलिब्ध भएको बताउँदै उनले पत्रकारले ‘फिल्ड रिपोर्टिङ’मा ज्यादा मेहनत गर्नुपर्ने धारणा राखे । त्यस्तै, अर्का पत्रकार सुनिता कार्कीले ऊर्जासँग जोडिएकै भए पनि विविधतायुक्त विषयमा विषयविज्ञले गरेको प्रस्तुतीकरणले महत्त्वपूर्ण सिकाई उपलब्धि हासिल भएको बताइन् ।

तालिमको समापन कार्यक्रममा प्रशिक्षित पत्रकारलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३