विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर २३, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक मनोज सिलवाले कुनै पनि क्षेत्रमा व्यक्तिभन्दा माथि संस्था हुनुपर्ने धारणा व्यक्त गरेका छन् । मंसिर २२ गते सोमबार सर्वेच्च अदालतले हितेन्द्रदेव शाक्यलाई पदमै पुनर्स्थापना गर्ने अदेश जारी गरेपछि उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

गत असोज ५ गतेको मन्त्रीपरिषद् बैठकले कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेको शाक्यलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा विज्ञको रूपमा सरुवा गरी उक्त पदमा सिलवाललाई नियुक्त गरेको थियो । सिलवालले पदमा रहेर जम्मा २ महिना १८ दिन अर्थात् ७८ दिन काम गर्न पाए ।

सोमबार साँझ सर्वोच्चको आदेश आएपछि उनले प्राधिकरणका सबै कर्मचारी संस्थाको भविष्य रहेको पनि उल्लेख गरेका छन् । उनले भनेका छन् – नयाँ कार्यकारी निर्देशकलाई आफ्नो उत्कृष्ट समर्थन गर्नुहोस् । सधैँ प्राधिकरणको भलाइका लागि काम गर्नुहोस् ।

'कुनै पनि संस्थाका लागि व्यक्ति महत्त्वपूर्ण होइन, संस्था महत्त्वपूर्ण हुन्छ, हामी सबै यस संस्था र हाम्रा ग्राहकहरूप्रति समर्पित हुनुपर्छ,' उनले भनेका छन्, 'यो अति छोटो अवधिमा उल्लेखनीय योगदान दिन नसकेकोमा क्षमा चाहन्छु तर मेरा प्रत्येक कार्य र निर्णयहरू इमान्दार थिए र प्राधिकरणको हितमा छन् ।'

सम्पूर्ण कर्मचारीहरूलाई उद्ध्रित गर्दै सिलवालले भनेका छन् - तपाईंहरू ६० लाख ग्राहकहरूसँग सिधै जोडिनुभएको छ, तपाईंहरू उज्यालोको आशा हुनुहुन्छ र सेवा प्रदायक पनि । यस सन्दर्भमा, मलाई विश्वास छ तपाईंका प्रत्येक कार्यले हाम्रा ग्राहकहरूको अनुहारमा खुसीको ल्याउने छ ।

सदैब प्राविधिकरूपमा बलियो, आर्थिक रूपमा स्थिर र सुव्यवस्थित प्राधिकरण बनाउन सबैले इमान्दार भएर काम गर्नुपर्ने धारणा राख्दै उनले सङ्गठितरूपमा कर्मचारीहरूले नै यस संस्थालाई उत्तम बनाउन सक्ने बताए ।
शाक्यले बुधबारदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३