विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल आयल निगम (एनओसी) ले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । निगमको सोमबार बसेको सञ्चालक समितिको बैठकले राती १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घटाएको हो । 

खुद्रा बिक्री मूल्यमा पेट्रोल, डिजेल र मट्टितेलमा पहिलो, दोस्रो र तेस्रो वर्गका लागि क्रमश : प्रति लिटिर ७.५० रुपैयाँ , ६ रुपैयाँ र ५ रुपैयाँले घटाएको निगमले जनाएको छ । निगमका अनुसार आन्तरिकतर्फको हवाई इन्धनमा १४ रुपैया तथा अन्तराष्ट्रियतर्फको हवाई इन्धन भने १५ रुपैयाँले घटाएको छ । एल.पी ग्यासको मुल्य भने यथावत नै रहेको निगमले जनाकारी दिएको छ । 

पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, वीरगन्ज, अमलेखगंज, भलवारी, नेपालगन्ज र धनगढी पर्दछन् भने दोस्रो वर्गमा सुर्खेत र दाङ पर्दछन् । यसैगरी, तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल पर्दछन् । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit