विद्युत अपडेट

  • प्राधिकरण : ९८११ मे.वा.घन्टा
  • सहायक कम्पनी : १५८५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१९८ मे.वा.घन्टा
  • आयात : ९८२ मे.वा.घन्टा
  • निर्यात : १८८३१ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ६८८९७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३१३० मे.वा.
२०८३ असार १८, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएपछि नेपाल आयल निगमले समेत पेट्रोल, डिजेल तथा एलपी ग्यासको मूल्य घटाएको छ । निगमका अनुसार भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा स्वचालित मूल्य प्रणालीअनुसार बुधबारदेखि लागु हुने गरी मूल्य समायोजन गरिएको हो ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ, डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँ र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ । यससँगै पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोलको नयाँ मूल्य क्रमशः  १९४.५०, १९६ र १९७ रुपैयाँ प्रतिलिटर पर्ने भएको छ । त्यसैगरी, डिजेल/मट्टितेलको मूल्य पहिलो, दोस्रो र तेस्रो वर्गमा क्रमशः १९२.५०, १९४ र १९५ रुपैयाँ प्रतिलिटर तोकिएको छ । एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ३० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ४० ले घटाएर २२९ रुपैयाँ कायम गरिएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौँका लागि हवाई इन्धनको मूल्य प्रतिकिलोमिटर अमेरिकी डलर १ हजार ५६६ रुपैयाँ कायम गरिएको छ । पोखरा र भैरहवाका लागि भने ब्रेकइभेन प्वाइन्टका आधारमा कायम रहेको बिक्री मूल्य यथावत् राखिएको निगमले जनाएको छ । नयाँ मूल्य निगमको डिपो तथा कार्यालयबाट १५ किलोमिटरसम्मको दूरीभित्र मात्र लागु हुने जनाइएको छ ।

अन्तर्राष्ट्रिय बजार मूल्य र भारतीय आयल कर्पोरेसनबाट प्राप्त हुने खरिद मूल्यका आधारमा स्वचालित मूल्य प्रणालीअनुसार आगामी दिनमा पनि आवश्यकताअनुसार मूल्य समायोजन गरिने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३