विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले १७ मेगावाटको माथिल्लो मैलुङ-बि जलविद्युत आयोजना निर्माण गर्न विद्युत विभाग विकासमा आवेदन दिएको छ । उक्त आयोजना बागमती प्रदेश, रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा निर्माण गर्न लागेकाे हाे ।

कम्पनीले नेपाल सरकार, ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयबाट २०७८ फागुन ११ गते स्वीकृत प्रारम्भिम वातवरणीय परिक्षण प्रतिवेदन र सम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार आयोजनाको काम अघि बढाउन लागिएकाे हाे ।

जिल्लाको उत्तरगया गाउँपालिकामा अवस्थित मैलुङ खोलाको पानीलाई उपयोग गर्दै खोलाको दाँया किनारामा मुख्य संरचनाहरू पर्ने गरी आयोजना निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने उल्लेखनीय प्रतिकुल असरबारे सरोकारवालासँग राय सुझाव माग गरेको छ । सरोकारवालाले सूचना प्रकाशित भएको ३५ दिनभित्र आफ्नो राय सुझाव विभाग तथा कम्पनीको कार्यलयमा आइपुग्ने गरी पठाउनुपर्नेछ ।

माथिल्लो मैलुङ–बि जलविद्युत आयोजनाले मैलुङ खोलाको २.८९६ घन मिटर पानी र ६९३.५० ग्रस हेडको प्रयोग गरी १७ मेगावाटसम्म विद्युत प्रभाव गर्ने अध्ययन देखाएको छ । यस आयोजनाबाट बार्षिक औसत १०१.२ गिगावट घण्टा (सुख्खा याममा १६.०२ र वर्षा याममा ८५.००) विद्युत उत्पादन हुनेछ ।

आयोजनाबाट उत्पादित विद्युत २.७५ किलोमिटर लामो १३२ केभीको सिंगल सर्किट प्रसारण लाइन मार्फत माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना १४.३ मेगावाटको स्विीचयार्डमा जडान गरी ११ किलोमिटर लामो १३२ केभीको सिंगल सर्किट प्रसारण लाइन मार्फत त्रिशूली–३ बी हबबाट राष्ट्रिय प्रसारण लाइनमा जडान हुनेछ ।

यो आयोजना ४ वर्ष (वि.स २०८३ चैत) सम्ममा सम्पन्ने गर्ने लक्ष्य राखेको छ । आयोजना निर्माण गर्दा भू–क्षय, बाढी, पहिरो, वायु प्रदुषणद्वारा वातावरणमा उल्लेखनीय असर नपर्ने गरी निर्माण गरिनेछ ।

आयाेजनाकाे थप विवरण

आयाेजनाकाे नाम ः मैलुङ-बि

क्षमता ः १७ मेगावाट

प्रवर्द्धक ः माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड

आयाेजनास्थल ः बागमती प्रदेश, रसुवा जिल्लाको उत्तरगया गाउँपालिका

ग्रस हेड ः ६९३.५० मिटर

वार्षिक बिजुली उत्पादन ः १०१.२ गिगावट घन्टा

सुख्खा याम ः १६.०२ घन्टा

वर्षायाम ः ८५.०० गिगावाट घन्टा

विद्युत प्रवाह हुने लाइन ः २.७५ किलोमिटर, ३२ केभीको सिंगल सर्किट

सबस्टेसन ः त्रिशूली–३ बी हब

विद्युत उत्पादन तालिका लक्ष्य ः २०८३ चैत

निर्माण अवधि ः ४ वर्ष

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३