विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २७, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सोलुखुम्बुको सिसा खोलामा २३.५ मेगावाटको सोलु हाइड्रो पावर जलविद्युत आयोजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको अप्पर साेलु हाइड्रो इलेक्ट्रीक कम्पनीको सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुटयाएको साधारण सेयर आवेदन खुल्ला गरेको हो ।

सय रुपैयाँ अंकित १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निष्कासन हुने सेयरमध्ये ३९ हजार १ सय ५० कित्ता कम्पनीका कर्मचारीका लागि र ९७ हजार ८ सय ७५ कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएको छ ।

बाँकी, १८ लाख २० हजार ४ सय ७५ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 
सेयर खरिदका लागि सर्वसाधारणले छिटोमा असार २३ गतेसम्म र ढिलोमा साउन २ गतेसम्म आवेदन दिनुपर्नेछ ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताा सम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit