विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिइडिबी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको सेयर भर्ने आज अन्मित दिन हो । कम्पनीले गत शुक्रबारदेखि सर्वसाधारणका लागि खुल्ला गरेको सेयर आवेदन अवधि आज साँझ ५ बजेबाट सकिन लागेको हो ।

कम्पनीको सेयर भर्न लगानीकर्ताको उत्साहजनक सहभागिता देखिएको छ । सोमबार कार्यालय समयसम्मको तथ्यांकअनुसार १४ लाख ९७ हजार ४ सय २३ जनाको २ करोड ३० लाख १९ हजार १ सय ९६ कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ । बिक्री प्रबन्धकका अनुसार यो माग भन्दा ९.८२ गुणा बढी हो ।

प्रतिकित्ता सय रुपैयाँ अंकित २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता सेयर निष्कासन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निष्कासित सेयरमध्ये २ प्रतिशत अर्थात ५० हजार ३ सय ६५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ ।
यस्तै, ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९ सय ११ कित्ता सेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी २३ लाख ४१ हजार ९ सय ५४ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत बैशाख २ गते सेयर निष्कासनको अनुमति पाएको थियो ।

बोर्डमा आवेदन दिएको झण्डै ४ वर्षपछि साधारण सेयर निष्कासनको अनुमति पाएको हो । कम्पनीले २०७४ साल असार २७ गते कम्पनीमा सेयर निष्कासनको अनुमतिका लागि आवेदन दिएको थियो ।

जलविद्युतको विकासमा लगानी गर्ने उद्देश्यले २०६६ साल मंसिर १५ गते यो कम्पनी स्थापना भएको हो । अहिलेसम्ममा कम्पनीले लगानी गरेका ८.५८ मेगावाटका जलविद्युत अयोजनाले विद्युत उत्पादन गरिरहेका छन् । १८३ किलोवाटको स्याङ्गे, ४ मेगावाटको खुदी र ४.४ मेगावाटको राधी सिइडिबीको लगानीका आयोजना हुन् ।

यस्तै, कम्पनीको लगानी भएका ५ जलविद्युत आयोजना अहिले निर्माणाधीन छन् । ११ मेगावाटको तल्लो खारे, १२ मेगावाटको दोर्दी खोला–१, ५ मेगावाटको रुकुमगाड, ४५ मेगावाटको कसुवा खोला निर्माणाधीन छन् । ३० मेगावाटको न्यादी बुटवल पावर कम्पनीसँग लगानी साझेदारीमा निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit