विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ कार्तिक २, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । गोरखामा ४०.२० मेगावाटको टोम डोगर (बुढीगण्डकी) जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विद्युत् विकास विभागले आयोजनाको अध्ययन गरिरहेको छ । विभागले पेश गरेको आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआईए) राय सुझावका लागि वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको छ ।

ईआईए रिपोर्ट अनुसार नदी प्रवाहमा आधारित आयोजना चुमनुब्री गाउँपालिकाको वडा नम्बर ४ र ५ मा संरचना रहने गरी प्रस्ताव गरिएको छ । क्यु ४० मा डिजाइन गरिएको आयोजनाको डिजाइन डिस्चार्ज ५३.९ घनमिटर प्रतिसेकेन्ड रहने छ । आयोजनाको ग्रस हेड ९२.५ मिटर उचाइमा रहने छ । आयोजनामा ३८ मिटर लम्बाई तथा १५ मिटर चौडाईको भूमिगत विद्युत्गृह निर्माण गरिने भएको छ ।

आयोजनामा ३ वटा विद्युत् उत्पादन युनिट रहने छन् । वार्षिक २३३.३२ गिगावाट घण्टा विद्युत् उत्पादन गर्ने उक्त आयोजनाको बिजुली ५१.१ किलोमिटर लामो १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत गुम्दा सबस्टेशनमा जोडिने योजना छ ।

निर्माण सुरु गरेको ४ वर्षमा सम्पन्न हुने अनुमान गरिएको आयोजनामा ९ अर्ब ८० करोड ४० लाख रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । यस अधारमा आयोजनको प्रतिमेगावाट लागत २१ करोड ५९ लाख रुपैयाँ लाग्ने अनुमान छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३